२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

कञ्चनपुरमा पनि सामूहिक रुपमा तीज तथा गौरा मनाउन रोक

कञ्चनपु- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सामूहिक रुपमा गौरा तथा तीज पर्व मनाउन रोक लगाएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै सामूहिक रुपमा गौरा र हरितालिका तिज नमाउन प्रशासनले आग्रह गरेको हो।

मंगलबार सूचना जारी गर्दै प्रशासनले सामूहिक रुपमा गौरा तथा तीज मनाउँदा कोरोना संक्रमण फैलिने भएकोले जनस्वास्थ्यका मापदण्ड पूरा गरी घरभित्रै पर्व मनाउन आग्रह गरिएको छ। 

जमघटले कोरोना संक्रमण फैलिन सक्ने भन्दै यस्तो गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ। सार्वजनिक स्थलहरुमा मानिसको सामूहिक भेला, जमघट, भीडभाड हुने गरी मनाइने कार्यमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।