२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

परराष्ट्रमन्त्रीमा एनपी साउदको शपथग्रहण आजै ३ बजे

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकार आज आठौं पटक विस्तार हुँदैछ । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदलाई नियुक्त गर्नुभएको छ ।

नवनियुक्त परराष्ट्रमन्त्री साउदले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण हुने जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । त्यसका लागि सञ्चार माध्यमलाई २ः३० नै आइपुग्न निमन्त्रणा पनि गरिएको छ ।

कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । उहाँ नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एव‌म् पूर्वमन्त्री पनि हुनुहुन्छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएका साउद प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ । नेपाली राजनीतिमा एनपी साउदको नामले परिचित हुनुहुन्छ । गोरखापत्र बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।