२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

डडेल्धुरामा जीप दुर्घटना अपडेट ः १ जनाको घटनास्थलमै मृत्यु

डडेल्धुरा ः डडेल्धुराको परशुराम नगरपालिकामा भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट डडेल्धुराको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशुदेवी तिरुवाको मृत्यु भएको हो । अन्य केही यात्रु घाइते भएका छन् । भट्टले जीप सडकमै पल्टिएको जानकारी दिए ।

जीपमा चालकसहित ११ जना यात्रु सवार थिए । सडकमा ब्याक गर्ने क्रममा जीप दुर्घटना भएको बताइएको छ । दुर्घटना परशुराम नगरपालिकाको मट्यौलामा भएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।