२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

अत्तरियाका लोटस आइ र सत्यवती एकेडेमी एलपीएलको फाइनलमा

धनगढी – कैलालीको अत्तरियाका लोटस आइ इङ्लिस सेकेण्डरी स्कुल र सत्यवती एकेडेमी धनगढीमा जारी विद्यालय स्तरीय यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग ९एलपीएल० को फाइनलमा प्रवेश गरेका छन् । लोटस आइले आयोजक लिटल फ्लावर बोर्डिङ हाइ स्कुललाई र सत्यवतीले नव बालबाटिका विद्यामन्दिर बौनियालाई पराजित गरी फाइनलमा स्थान पक्का गरेका हुन् ।

बिहीबार पहिले सेमिफाइनल खेलमा लिटल फ्लावरलाइ ७२ रनले पराजित गरी लोटस आइ उपाधि नजिक पुगेको हो । धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लोटस आइले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनायो । १६० रनको चुनौतीपूर्ण लक्ष पछ्याएको लिटल फेलावरले १९।५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । उसका सुवास ऐरले २६ र वसन्त कार्कीले २३ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङ तर्फ लोटसका आयुब चन्द , सुशील रावल र नरेन साउदले समान ३र३ विकेट लिए ।

त्यस अघि पहिलो इनिङमा लोटसका आयुब चन्दले ४९, योगेश भाटले अविजित २८ र लक्की कडायतले २५ रन बनाएका थिए । बलिङ तर्फ लिटलका आशिष् साहुले ३ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका आयुब चन्द चुनिए ।

दोस्रो सेमिफाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सत्यवती एकेडेमीले नव बालबाटिका विद्यामन्दिर बौनियालाई ५ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ थालेको बालबाटिका १८।४ ओभरमा अलआट हुँदै १११ रन मात्रै बनाउन सफल भयो । १ सय १२ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको सत्यवतीले १८.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो । उसका प्रतीक श्रेष्ठले अविजित ३७ र अभिषेक कार्की १९ रन बनाएर आउट हुँदा खगेन्द्र जोशीले १७ रन बनाए । बलिङ तर्फ बालबाटिकाका गजेन्द्र बोहरा र रिजन थापाले २/२ विकेट लिए ।

त्यस अघि बालबाटिकाका लागि विराट भण्डारीले ३३ र नर बहादुर सार्कीले ३२ रन बनाए । बलिङ तर्फ सत्यवतीका नीरज भट्ट र जीत साउदले समान २र२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच प्रतीक श्रेष्ठ चुनिए ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा जारी प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।