२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

भागेश्वरमा १३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सरस्वती मा.वि बोगटा लाई

                                    दोस्रो स्थानमा चित्त बुझायो सरस्वती मा.वि. बगरकोटले
दिपकराज भट्ट(डडेल्धुरा)ः डडेल्धुराको भागेश्वर गाउँपालिकामा भएको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती मा.वि बोगटाले जितेको छ। मंगलबार सम्पन्न गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रथम स्थान हासिल गर्दै सरस्वती माविले शिल्डमाथि कब्जा जमाएको हो। सरस्वती मा.विले १३ स्वर्ण ,६ रजत र १ कास्य सहित जम्मा २० पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।
गाउँपालिका अध्यक्ष हेकराज चटौट र प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले ले संयुक्तरूपमा विद्यालयलाई शिल्ड हस्तान्त्ररण गरेका हुन ् ।

प्रतियोगितामा सरस्वती मा.वि. लाकम बगरकोट डडेल्धुरा द्धितीय भएको छ। यसले ११ स्वर्ण, ८ रजत र ६ कास्य सहित जम्मा २५ पदक पाएको थियो । यस्तै तृतीय स्थानमा रहेको असिग्रमा मा.वि रुपालले स्वर्ण ४, रजत ४ रकास्य ७ गरि जम्म १५ पदक हासिल गरेका थियो ।

आइतबारबाट सुरु भएको प्रतियोगितामा भागेश्वरका ८ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा दौड,भलिवल, हाइजम्प, सटफुट, कबड्डि लम्जम्प लगायतका खेलहरू खेलाइएको थियो। प्रतियोगिताका खेल भागेश्वर गाउपालिकाको वडा नम्वर २ मा रहेको असिग्राम मा.वि को मैदानमा खेलाईएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।