२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

डडेल्धुरामा बदेलको आक्रमणबाट महिला घाइते

डडेल्धुरा –   डडेलधुरामा बदेलले आक्रमण गर्दा एक महिला घाइते भएकी छन् । जिल्ला सदरमुकाम नजिकै अमरगढी नगरपालिका–५ जिलोडा गाउँमा आइतबार बिहान बदेलले महिलालाई आक्रमण गरेको हो । बदेलको आक्रमणबाट ४३ वर्षीया कमला ओझा घाइते भएकी हुन् ।

आईतबार बिहान ११ बजेको समयमा घर नजिकै घाँस काट्न जाँदा उनलाई बदेलले आक्रमण गरेको स्थानीय भीम साउँदले बताए । उनको पेट, छाती, हात र खुट्टामा गहिरो चोट लागेको छ । अहिले उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिलोडा र सेलागाउँमा बदेलको आक्रमणबाट बर्सेनि स्थानीय घाइते हुने गरेका छन् । बाटोमा हिड्दै गर्दा समेत बदेलले आक्रमण गर्ने गरेको स्थानीय यज्ञराज अवस्थीले बताए । बदेलको आक्रमणबाट अहिलेसम्म दर्जन बढी स्थानीय घाइते भएको उनको भनाई छ ।

 मानवलाई नै आक्रमण गर्ने गरे पनि बदेल नियन्त्रण र आक्रमणबाट जोगिन स्थानीयसंग कुनै उपाय छैन । स्थानीय सरकार लगायत सरोकारवाला निकायले पनि यसको कुनै विकल्प दिन सकेका छैनन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।