२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन

काठमाण्डौ – उचित मूल्य नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमा फ्याँकेर विरोध जनाएका छन् । आफूले उत्पादन गरेको तरकारीले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन् ।

आफूले दुःख झेलेर उत्पादन गरेका गोलभेँडा, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि नारायणगढको पुल्चोकको सडकमै फालेर सरकारको ध्यानाकर्षण गराएको किसानहरुले बताएका छन् ।

बारीमै कुहिने अवस्थामा पुग्दा पनि बजारीकरणको लागि सरकारले कुनै पहल नगरेको उनीहरूको आरोप छ । चितवनमा उत्पादन भएका तरकारी नबिके पनि भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसानहरुले बताएका छन् । भारतीय उत्पादनबाट आफूहरू मार परेको उनीहरूले गुनासो गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।