धनगढीः कैलालीको चुरेबाट पनि थप एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् जिल्लाको चुरे गाउँपालिका–४ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित थप एक जनालाई पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ४८ वर्षीय जब्बर रोक्का मगरलाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो।



प्रहरीले मगरको घर नजिकैको रूखको टोडकामा लुकाई छिपाई राखिएको अवस्थामा बन्दुक फेला पारेको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Views: 157

























