डडेल्धुरामा परम्परागत प्रविधिद्वारा उखुको रस निकालिदै किसान
डडेल्धुरा ः डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ४ मेल्टामा परम्परागत प्रविधिको प्रयोग गरी उखुको रस निकाल्ने गरिन्छ। परम्परागत मेसिन (कोलु) को प्रयोग गरी रस निकाल्ने गरिन्छ । पछिल्लो समयमा गाँउघर तरि आधुनिक प्रविधिको विकाश संगै यस्ता पुराना शैलीहरु भने कमै देख्नु सकिन्छ । कोलु लाई मानिस वा गोरुले तान्ने गरिन्छ ।



दुई वटा फलामको चक्का (घुरा) आकार दिएर ठुलो काठ (पाटो) ले दायाँ र बायाँ तर्फ २ वा दुई भन्दाबढी मानिसले धकेलेर घुमाउने गरिन्छ। फलामको चक्कामा उखु दिने एक जना व्यक्ति अनिवार्य हुनुपर्ने हुन्छ। उखु छिराएर पाटोलाई घुमाएपछि उखुको रस निस्कन्छ।
यो विधी पुरा गरेपछि उक्त रसलाई तामाको ताउलो (भाडो) मा पकाएर गुड तयार हुन्छ। अहिले बजारमा लोकल गुड प्रति केजी २५० सम्म बेच्ने गरेको पाईन्छ ।


















