२०८३ भाद्र ५ शुक्रबार
२०८३ भाद्र ५ शुक्रबार

निःशुल्क आँखा शिबिर सम्पन्न, १७८ जानाले लिए सेवा

दिपकराज भट्ट ,डडेल्धुरा ः डडेल्धुराको अजयमेरु गाँउपालीका ६ मा एकदिने निःशुल्क आँखा शिबिर शनिवार सम्पन्न भएको छ। गेटा आँखा अस्पतालद्धारा सञ्चालित आँखा उपचार केन्द्र डडेल्धुराको प्राबिधिक सहयोगमा र अजयमेरु गाउपालीका ६ को समुन्वयमा तथा आर्थिक सहयोगमा शुक्रबार निःशुल्क आँखा शिबिर सम्पन्न भएको वडा अध्यक्ष हरि सिह भण्डारीले  बताए।

बैतडीको मेलौली नगरपालिका र डडेल्धुराकै भागेश्वर गाँउपालिका संग सिमा जोडिएको यस बाडामा यी दुई पालिकाका नागरिक पनि प्रभावित भएका छन् । अजयमेरु गाउपालीका ६ को राजुल आधारभुत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिबिरमा १७८ जानाले सेवा लिएका छन स्वास्थ्यकर्मि भसवन पन्तले बताए । सेवा लिनेमा १०३ जना पूरुष र ७५ जना महिलाले सेवा लिएको वडा अध्यक्ष भण्डारीले बताए।

शिविरमा सहभागिहरु उपचार गराउदै फोटो ः वडा अध्यक्ष भण्डारी
शिविरमा सहभागिहरु उपचार गराउदै फोटो ः वडा अध्यक्ष भण्डारी

शिबिरिबाट ७२ जनालाई चस्मा बितरण, १७८ जनलाई औषधि बितरण र १५ जनालाई अप्रेशनको लागि छनोट गरिएको छ। छनोट गरिएकाहरुलाई डडेल्धुरा अस्पतालमा उपचार गरिने जनाईएको छ। उपचारमा लाग्ने खर्च सगै आउने जाने भाडा वडाले र आँखा उपचार केन्द्र डडेल्धुराले बेर्होने वडा अध्यक्ष भण्डारीले जानकारी दिए।

गाउमै निःशुल्क आँखा शिबिर सञ्चालन भएकोमा नागरिक लाई स्थानीय सरकार भएको आभासष भएको र उनीहरुले आयोजक लाई धन्यबाद ज्ञापन गरेका छन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।