२०८३ मंसिर १२ शुक्रबार
२०८३ मंसिर १२ शुक्रबार

राज्यको नितीले अर्थतन्त्रमा पारेको प्रभाव

लोकेन्द्र ओझा
डडेल्धुरा ः अर्बौको काठ जंगलमा कुहिँदैछ । सोहि रकम बराबरको ग्यास आयात गरीन्छ । राज्यको नितीले विकल्पमा विद्युुतिय चुलो विस्तार कार्यक्रमलाई तिब्रता दिदै बिद्युुत खपतमा अनुदान कार्यक्रम चलाएमा सबै रकम बचाउन सकिन्छ । गत वर्षको भन्सार विभागको तथ्याङ्क अनुसार ५३ करोड ५८ लाख ६५ हजार ४१५ किलो खाना पकाउने ग्याँस नेपाल भित्रिएको छ । यसका लागि ६५ अर्ब ५५ करोडौ रुपैयाँ खर्च भएको छ ।

बेरोजगार युवाहरुसंग महंगा मोबाइल र मोबाइल डाटा प्याक अधिकांस समय प्रगोग हुन्छ । आम्दानि गर्नेको तुलनामा हरेक घरमा खर्च गर्नेको संख्या बढी छ । आर्थिक वर्ष २०७८÷७९ मा १७ अर्ब बढीको व्यापार घाटा हुँदा नेपालमा आयात हुने प्रमुख वस्तुको सूचीमा विलासिता वस्तु सुन समेत रहेको छ । यस वर्षको कुल आयातमा प्रमुख १० प्रकारका वस्तुमा मात्रै ५ खर्ब ९३ अर्ब ६९ करोड रुपैयाँ हाम्रो देसबाट बाहिरिएको छ ।

गत वर्ष सबै भन्दा धेरै आयात हुने प्रमुख वस्तुमा डिजेल, पेट्रोल, खाना पकाउने ग्याँस, कच्चा भटमास, फलाम र स्टिल, कच्चा पाम तेल आयात गरेको देखिन्छ । यस्तै टेलिफोन र यसका उपकरण पनि धेरै आयात हुने वस्तुको सूचीमा छ । धेरै कोइला, सुन र भ्याक्सिन नेपालमा आयात गरेको भन्सार विभागको तथ्याङ्मा उल्लेख छ ।

कोरोनाको महामारीपछि ओरालो लागेको नेपालको अर्थतन्त्र निरन्तर ओरालोमा छ । सन २०१९ मा बिश्वव्यापी कोरोनाको असर परेसंगै नेपालमा समेत यसको ठुलो असर परेको छ । सरकारले नेपालमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न नसक्दा हजारौँंको संख्यामा ब्यापार ब्यवसाय गर्नेहरु विस्थापित भएको सहजै आँकलन गर्न सकिन्छ ।

आजभोली विभीन्न ब्यापार, ब्यवसायि, उद्योगि, सहकारीकर्मी, बैङ्कर्सहरु, बित्तीय क्षेत्रका ब्यक्तीहरु तथा अर्थतन्त्रका जानकारहरु समययता देशको अर्थतन्त्रको विषयलाई लिएर विभिन्न खाले बहस भइरहेका छन । हुन पनि पछिल्लो समय अर्थतन्त्रका महत्वपूर्ण सूचकहरू अपेक्षा गरिएजस्ता छैनन । देशको अर्थतन्त्र ओरालो लाग्दै जानुका कारण के–के हुन रु राज्यको नितिले अर्थतन्त्रमा पारेको प्रभाववारे सरकारले गहिरो ढङ्गले योजना सहित अगाढी वढ्नु पर्ने देखिन्छ ।

नेपाल सरकारको आर्थिक नितिमा वास्तविक काम गर्ने युवा पा्रथमिकतामा नपर्नुले नेपालको अर्थतन्त्र कमजोर भएको अर्थतन्त्रका जानकार प्रकास चटौतले बताउनुभयो । गत वर्षको ब्यापार घाटा १७ अर्ब रहेको जानकारी दिदै २० अर्वमा तिन अर्ब मात्र नेपालले निर्यात गरेको जानकारी दिए । सरकारले अनउत्पादन तथा फजुल खर्च कटौती गरी उत्पादनको क्षेत्रमा लगानि गर्न आवश्यक रहेको बताउनुभयो । नेपालमा धेरै सम्भावना रहेको कृषि क्षेलाई औद्योगिक तथा ब्यवसायिक रुपमा अगाडी बढाउनुको विकल्प नरहेको समेत उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७८÷७९ मा सरकारले सात अर्व कृषिमा अनुदान दिएपनि कोदोमा समेत आत्मनिर्भर नभएकोले सरकारको नितीगत रुपमा निकै सुधार गर्नुपर्ने जानकारी दिनु भयो । भिमदत्त बहुमुखि क्याम्पसका उपप्राध्यापक समेत रहनु भएका चटौतले नेपाल सरकारले मुद्रास्फिती बढाउदै बिश्व बजारमा नेपालको अर्थतन्त्रमा सुधार आएको सन्देस दिनु पर्नेमा जोड दीनुभयो ।

प्रतिब्यत्ती आयमा बृद्धि गर्न नेपालको जलविद्युत, जडीबुटीजन्य ब्यापार पशु तथा भेट्नरी क्षेत्रमा आमुल परिवर्तन गर्र्दै आत्मनिभर्र अर्थतन्त्रको विकास गरी निर्यात बढाउनु पर्ने बताउदै नेपालको अर्थतन्त्र कमजोर हुनुको कारण निजी क्षेत्र सरकारको प्राथमिकतामा नपर्नु पनि एक कारण रहेको जानकारी दिनुभयोे ।

आयात नियन्त्रणमा ध्यान नदिँदा अर्थतन्त्रमा संकट देखिएकाले आयात कम गरेर आन्तरिक उत्पादन बढाउनुपर्छ उहाँले भन्नुभयो । छिमेकी देश श्रीलंका यति बेला गहिरो आर्थिक संकट झेलिरहेको छ । समयमा ध्यान नदिएकै कारण श्रीलंका अहिले यो हालतमा पुगेको हो । आयात नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचाल्दा नेपालको पनि अर्थतन्त्र कमजोर बन्दै गएको छ ।

बैंकहरूसँग लगानीयोग्य रकम छैन, आयात अत्यधिक बढेको छ । विदेशी मुद्रा भित्र्याउने दुई प्रमुख माध्यम रेमिट्यान्स र पर्यटनको आय नबढ्दा चालू खातामा घाटा बढेको बढ्यै छ । जसले गर्दा विदेशी मुद्राको सञ्चिती घटेर वस्तु तथा सेवा आयात गर्ने क्षमतामा ह्रास आएको छ । बैंकको चर्को ब्याजदर र तरलता अभावका कारण नयाँ उद्योगहरू थपिन सकेका छैनन । जसका कारण दिन–प्रतिदिन आयात बढ्दै गएको छ । नेपालको अर्थतन्त्र आयातमुखी भएको छ ।

आयातमा निर्भर भएकै कारण अहिले समस्या देखिएको छ । कृषिजन्य उत्पादनमा समेत नेपाल परनिर्भरता हुनु दुःखद हो । अहिले रूस र युक्रेनबीचको युद्धका कारण महँगी बढेको छ । नेपालको आर्थिक अवस्था पनि श्रीलंकाको जस्तै त हुँदैन भन्ने धेरैमा त्रास देखिएको छ । श्रीलंकाकै जस्तो आर्थिक संकट बेहोर्नुपर्ने हो कि भन्ने आमजनतामा भय छ ।

सरकारले बेलैमा कडा कदम चाल्नुपर्छ । अहिले विलासिताका वस्तुहरूको आयातमा रोक लगाउनुपर्छ । महँगा गाडी, सुन, चाँदीजस्ता वस्तुको आयातमा कडाइ गर्नुपर्छ । पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय चुल्होको प्रयोगलाई राज्यले नै प्रोत्साहित गर्नुपर्छ ।

पछिल्लो समय नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले नेपालको ओरालो लागेको अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्रमा जान उद्योग वाणिज्य महासंघ, च्याम्वर अफ कमर्सलगायतका निजी क्षेत्रसंग समेत समन्वय गरेको देखिन्छ । बदलिदो आर्थिक परिस्थीती सुधारका लागि बैंकले ब्याजदर कटाउदै लगानीको दायरा फराकिलो गर्न आवश्यक देखिन्छ । अन्र्तराष्ट्रिय निकायको सहयोग, नेपालको मौद्रीक नितीमा सुधार गर्दै बैंक तथा वित्तिय संस्थाहरुका लागि लगानिको वातावरण राज्यले सिर्जना गरेमा बढेको बजारमा तरलता अभावमा कमी हुने सहजै अनुमान गर्ने सकिन्छ ।

लेखक रेडियो अमरगढीका स्टेसन म्यानेज तथा शुभलक्ष्मी शहकारी डडेल्धुराका कार्या प्रमुख हुन

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।