काठमाडौंः सामाजिक संञ्जाल टिकटिकमा धेरै चर्चा समेटेका एक नाम हो सत्यराज बस्नेत । बस्नेतले हाल काठमाडौंकामा ‘वास्तु इन्टेरियर सोलुसन’ मार्फत इन्टेरियर डिजाइनको काम गर्दै आएका छन्।
सरल रसुलभ तरिकाले सेवा दिनुका लागि आफुले यो व्यवसाय संञ्चालनमा ल्याएको उनी बताउछन् । नेपालमा इन्टेरियर डिजाइनिङ व्यवसाय नयाँ उचाइमा पुर्याउन दक्ष नयाँ कामदारलाई प्लेटफर्म दिन पनि उनको उद्धेश्य रहेकोछ । 
कम्पनीले व्यवसायका साथसाथै व्यक्तिगत ग्राहकसँग कार्यालय, अपार्टमेन्ट र आवास निर्माणका लागि आफ्नै इन्टेरियर डिजाइन गर्दै आएको छ।
‘बस्नेत भन्नुहुन्छ हामीले ः हामीले वास्तु इन्टेरियर सोलुसन मार्फत इन्टेरियर डिजाइनको काम गर्दै आइरहेका छौं त्यो पनि वास्तुअनुसार,’ । ‘नेपालमा इन्टेरियर डिजाइनिङ व्यवसायलाई नयाँ उचाइमा पुर्याउन, दक्ष नयाँ कामदारलाई प्लेटफर्म प्रदान गर्न र सुलभ दरमा इन्टेरियरको काम गर्नुपर्छ भन्ने धारणामा काम गरिरहेका छौं।’
उनले यही योजनाका साथमा व्यवसाय सुरू गरेको बताए। उनकाअनुसार नेपालमा इन्टेरियर डिजाइनिङको कामलाई बढी महँगो रूपमा लिइन्छ।
सामान्य बुझाइमा यो महँगो र बढी खर्चिलो हुने धारणा बसेकाले वास्तु इन्टेरियर सोलुसनमार्फत इन्टेरियर डिजाइनको काम गर्दा सहज हुने र सबैको पहुँचमा पुग्ने छ। अहिले मैले यसैलाई मध्यनजर गरेर काम गरिरहेको छु ।
‘म विगत ६ वर्षदेखि पोखरामा फाइनान्सियल इस्टिच्युसनमा काम गर्दै आइरहेको थिए र त्यहाँ काम गर्दा मैले नेपालमा केही गर्नुपर्छ र योगदान दिनुपर्छ भन्ने सोचका साथ सो जागिरे जीवन त्यागेर यो व्यवसाय सुरू गरेको हुँ । 
मैले आगमी दिनमा यस्तै इन्टेरियर डिजाइनिङ कम्पनीसँग समन्वय गर्दै नेपालमा मात्र नभएर अन्य देशमा पनि काम गर्ने लक्ष्य लिएको छु । यो काममा सबैको हौसला र साथ पाएकाले यसमा थप सक्रिय भएर लाग्नेछु । इन्टेरियर डिजाइनिङको बारेमा कुनै जिज्ञासा, सुझाव लागि ९८०११३७७०५ मा सम्र्पक गर्नुसक्नुहुन्छ ।




























