२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

राप्रपाबाट ध्रुवबहादुर प्रधान मन्त्री बन्ने पक्का, अर्को पाण्डे कि राणा ?

काठमाडौं ः राष्ट्रिय प्रजातन्त्र पार्टी बाट ध्रुवबहादुर प्रधान मन्त्री बन्ने पक्का भएको छ ।

राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । नेताहरुका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन आफैं उपप्रधान तथा ऊर्जामन्त्री हुनेछन् । अरु मन्त्री छनोटको अधिकार पनि लिङ्देनलाई नै दिइएको एक पदाधिकारीले जानकारी दिए ।

उपाध्यक्ष ध्रुवबहादुर प्रधान मन्त्री बन्ने भएका छन् । प्रधानले पनि त्यसको पुष्टि गरे । उनलाई सहरी विकास मन्त्रालय भनिएको छ । सत्ता गठबन्धनको भागवण्डामा यो मन्त्रालय जनता समाजवादी पार्टी (जसपा)लाई छुट्याइएको थियो । तर जसपा अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति नपाए सरकारमा नजाने अडान लिएपछि शहरी विकास राप्रपातिर जाने सम्भावना बढेको छ ।
स्रोतका अनुसार दिपक सिंह राज्यमन्त्री बनाउने तयारी छ । अर्का मन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवलशम्शेर राणामध्ये एकलाई पठाउने सम्भावना छ । साभार अनलाईन खबर

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।