२०८३ कार्तिक २३ आईतवार
२०८३ कार्तिक २३ आईतवार

राप्रपा अध्यक्ष लिङ्देन पनि पुगे ओली निवास

काठमाडौं ः राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन्। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा राजनीतिक छलफलका लागि पुगेका हुन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन बालकोट गएको बताए। लिङ्देन झापाबाट आएलगत्तै बालकोट गएका हुन्। प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्। माओवादी महासचिव देव गुरूङ पनि बालकोटमा छन । बालुवाटारमा आज भएको सत्ता गठबन्धनको बैठक बिनानिश्कर्ष सकिएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट निस्केका थिए।
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ। त्यसअघि नै छलफल गरी नयाँ सरकार गठन गर्ने विषयमा दलहरूले छलफल गरिरहेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।