२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

एम्बाप्पेले ६० वर्ष पुरानो आफ्नो कीर्तिमान तोडेपछि यस्तो भन्छन् पेले

कतारमा जारी विश्वकपमा फ्रान्सेली स्टार केलियन एम्बाप्पेको प्रदर्शन उत्कृष्ट छ। एमबाप्पे उत्कृष्ट लयमा छन्। हरेक खेलमा नयाँ कीर्तिमान बनाइरहेका छन्। फिफा विश्वकप २०२२ को प्रि–क्वार्टरफाइनल खेलमा उनले पोल्याण्डविरुद्ध दुई गोल गरेर आफ्नो टोलीलाई ३–१ ले जित दिलाए।

जितसँगै फ्रान्सेली टोली क्वार्टरफाइनलमा प्रवेश गर्‍यो। एम्बाप्पेले धेरै कीर्तिमान आफ्नो नाममा बनाए। उनले फिफा विश्वकपमा गोल गर्ने मामिलामा रोनाल्डोलाई पछि पार्दै मेस्सीको बराबरी गरेका थिए। यसबाहेक एमबाप्पेले पेलेको कीर्तिमान पनि तोडे।

रोनाल्डोले विश्वकपमा ८ गोल गरेका छन्। एमबाप्पेले फिफा विश्वकपमा ११ खेलमा मात्र ९ गोल गरेका छन्। मेस्सीले २३ खेलमा ९ गोल गरेका छन्। २३ वर्षीय एमबाप्पेले यसअघि नै धेरै दिग्गजलाई पछाडि छोडिसकेका छन्। उनी यस विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

लेजेन्ड पेलेको ६० वर्ष पुरानो कीर्तिमान पनि तोडेका छन्। उनी २४ वर्षको उमेरमा फिफामा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। यससँगै उनले म्याराडोना र पेले जस्ता दिग्गज खेलाडीलाई पनि पछाडि छोडेका छन्।

कतारमा जारी विश्वकपमा एमबाप्पेले ब्राजिलका महान् फुटबल पेलेको कीर्तिमान तोडे। आफ्नो कीर्तिमान एमबाप्पेले तोडेको पेले खुसी देखिएका छन्। उनले ट्वीट गर्दै भनेका छन्, ‘धन्यावद। यो कपमा तिमीले मेरो अर्को रेकर्ड तोडेको देख्दा म खुसी छु, मेरो साथी’

एमबाप्पेले पेलेको स्वास्थ्यलाभको कामना गर्दै केही दिन अघि एक ट्वीट गरेका थिए। जहाँ उनले लेखेका थिए, राजा ९पेले०का लागि प्रार्थना गर्छु।’ यस ट्वीटको जवाफ फर्काउँदै पेलेले आफ्नो कीर्तिमान भंग गरेकोमा खुसी व्यक्त गरेका हुन्।

 

एमबाप्पेलाई कसले रोक्ने ?

कतार विश्वकपको क्वार्टरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड शनिबार भिड्दैछन्। यो विश्वकपमा फ्रान्सेली स्टार केलियन एम्बापेको प्रदर्शनका कारण इंग्ल्यान्ड चिन्तित छ। खासगरी अन्तिम १६ को खेलमा पोल्यान्डका डिफेन्डरहरुलाई एम्बापेले हाराबारा खेलाएको देख्दा उनको सामना गर्ने खेलाडीको मुटुमा ढ्यांग्रो ठोक्नु सामान्य हो। सो खेलमा उनले दुई गोल गरे।

२३ वर्षे एम्बापेले यो प्रतियोगितामा सबैभन्दा धेरै पाँच गोल गरिसकेका छन्। उच्च गति र घातक प्रहार क्षमता भएका एम्बापेलाई कसरी रोक्नेरु कसले रोक्नेरु रोक्न सम्भव छ कि छैनरु खेल विश्लेषकदेखि सामान्य दर्शकसम्म आआफ्नो राय व्यक्त गरिरहेका छन्। यस्तोमा इंग्ल्यान्डका एक खेलाडी एम्बापेको गतिलाई रोक्न सफल हुने विश्लेषण भइरहेको छ। ती हुन् राइट ब्याक काइल वाकर।

इंग्ल्यान्डका समर्थकहरुले समेत सामाजिक सञ्जालमार्फत वाकरलाई टोलीमा स्थान दिन आग्रह गरिरहेका छन्। कारण– एम्बापेलाई रोक्न सक्ने हतियार वाकरसँग छ। त्यो हो, गति। वाकरसँग खेलेका थुप्रै खेलाडीहरुले उनको तीव्र गतिको प्रशंसा गर्ने गरेका छन्। म्यान्चेस्टर सिटीका वाकरले २०१९÷२० को प्रिमियर लिग सिजनमा २३।४८ माइल प्रतिघण्टाको गति छोएका थिए। जुन लिगको इतिहासकै उच्च हो।

स्पिडएसडीबीका अनुसार त्यो एम्बापेको अधिकतम गति २३।५ माइल प्रतिघण्टाभन्दा अलिकति मात्र कम हो। त्यसमाथि इंग्ल्यान्डविरुद्धको गत २४ खेलमा विपक्षी खेलाडीहरु तीन पटक मात्र ड्रिबल गरेर वाकरलाई पार गर्न सफल भएका छन्। सोहीकारण हुनसक्छ, वाकरको आत्मविश्वास पनि उच्च देखिन्छ। फ्रान्सको सामना गर्नुअघि वाकरले एम्पबापेका लागि आफूले रेड कार्पेट नबिछ्याउने टिप्पणी गरेका छन्।

‘उनलाई रोक्न के गर्नुपर्छ, मलाई थाहा छ,’ ३२ वर्षीय वाकरले भने, ‘गर्नुभन्दा भन्नु सजिलो छ, तर म आफूलाई कम आँक्दिनँ।’ वाकर एम्बापेसँग परिचित पनि छन्। उनको टोली सिटी र एम्बापेको पीएसजी च्याम्पियन्स लिगमा दुई पटक भेटिइसकेका छन्। चारमध्ये तीन खेलमा दुवै खेलाडी सहभागी थिए। ती तीनमध्ये दुई खेल सिटीले जितेको थियो भने एक खेल पीएसजीले।

त्यसबेला एम्बापेले वाकरको सामना गर्नु चुनौतीपूर्ण रहेको स्वीकारेका थिए। ‘उनलाई सम्मान दिनु जरुरी छ, तर ज्यादा होइन। हो, यो निकै कठिन खेल हुनेछ‘।। म उनका लागि रेड कार्पेट ओछ्याएर ल गोल हान भन्ने छैन। यो विश्वकप हो, गर या मर हुन्छ,’ वाकरले भनेका छन्। अन्तिम १६ को खेलपछि ट्रेनिङमा नदेखिएका कारण एम्बापे घाइते भएको आशंका गरिएको थियो। तर, उनी रिकभरी सेसनमा रहेको र इंग्ल्यान्डविरुद्ध खेल्न तम्तयार रहेको जनाइएको छ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।