२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

सुदूरपश्चिमसँग कर्णाली पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको कर्णाली ३२.३ ओभरमा १ सय २७ रनमै अलआउट भयो । दिनेश अधिकारीले ३५, सुवास ऐरले ३०, कप्तान विपिन रावलले १९, आवास शाहले १५ र सन्दीप शाहीले १० रन बनाए । सुदूरका मिलन बोहराले ७.३ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ३, नरेन साउदले २ तथा हेमन्त धामी र कैलाश ऐरले १–१ विकेट लिए ।

मिलनले अलराउन्ड प्रदर्शन गर्नेक्रममा ४२ रन बनाएपछि सुदूरपश्चिमले २७ ओभरभित्रै लक्ष्य पूरा गर्‍यो । उनले ४७ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । दुई दीपक बोहराले समान २० र कप्तान अनुराग सिंहले १० रन बनाए । कर्णालीका अनुज चुनाराले ३ तथा सन्दीप शाही र मोहन बिकले १–१ विकेट लिए ।

मूलपानी क्रिकेट मैदानमा गण्डकीले लगातार दोस्रो हार बेहोर्‍यो । टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले १ सय ८३ रन बनाउनुअघि ४९.३ ओभर खेलेको थियो । ओपनर सोनु अन्सारीले ६४ रन बनाए । उनले ९४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । कप्तान दीपेश कँडेलले ७५ बलमा दुई छक्कासहित ३६, फैजल रहमानले २६ र शुभन गहतराजले १२ रन बनाए । गण्डकीका शिशिर भुसालले ७.४ ओभरमा २८ रन खर्चेर ४, निर्तेश गिरीले ३, सुवास भण्डारीले २ र सुदीप अर्यालले १ विकेट लिए ।

जवाफमा गण्डकी ४८.३ ओभरमा १ सय ६२ रनमा अलआउट भयो । करण पंगेनीले ८६ बलमा ४ चौकासहित ४८, दीपक डुम्रेले २५, अर्जुन कुमालले २२, सुवासले १८ र शिशिरले १० रन बनाए । प्रदेश १ का दीपेश र अश्विन महताले ३–३, सोनु र विपिन महतोले २–२ विकेट लिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।