डडेल्धुरा( दिपक राज भट्ट) — कुल सदर मतको दश प्रतिसत ल्याउनु नसक्दा ५ उमेदबारको जमानत जफत भएको छ । जमानत जफत हुनेमा गोविन्द खडायत (राप्रपा) , कर्ण सिंह रावल (स्वतन्त्र) , बिक्रम कुमार शाहि (स्वतन्त्र) , लाल बहादुर कठायत (स्वतन्त्र) र श्याम सिनाल (जनता समाजवादी पार्टि नेपाल) रहेका छन् । यी उमेदवारले क्रमश ७८४,४४२,४३३,१६९ र ८५ मत ल्याएका थिए । विजयी भएका शेरबहादुर देउवाले २५ हजार ५ सय ३४ मत ल्याएका थिए भने । दोस्रोमा रहेका सागर ढकालले १३०४२ र कर्ण मल्लले ७५३४ मत लइएका थिए ।
डडेल्धुरा जिल्ला बाट ५१ हजार ६६० मत खसेको थियो ।



Views: 172

























