२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कपिलबस्तुमा क्रान्तिकारी माओवादीका १० नेता कार्यकर्ता पक्राउ

गजेडामा आयोजित कोणसभामा प्रहरी हस्तक्षेप
कपिलवस्तु – नेकपा ९क्रान्तिकारी माओवादी०को सहितको तीन पार्टीले कपिलबस्तुमा आयोजना गरेको निर्वाचन बहिष्कार कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार कपिलवस्तुको बाणगंगा नपा वडा नं ४ स्थित गजेडामा आयोजित कोणसभामा प्रहरीले हस्तक्षेप गरेर क्रान्तिकारी माओवादीका २ जना पोसलटब्युरो सदस्य सहित १० जनालाई गिरफ्तार गरेको हो ।
क्रान्तिकारी माओवादी, नेकपा९बहुमत ० र नेकपा९मशाल० सहितका दलहरुले उक्त स्थानमा बहिष्कारको अपिल सहित कोणसभा गरेका बेला ईलाका प्रहरी कार्यालय पिपराको टोलीले ब्यानर सहित प्रचार समाग्री खोसेर गिरफ्तार गरेको थियो ।
सो क्रममा नेकपा ९क्रान्तिकारी माओवादी०का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सेक्रेटरी भुपेन्द्र न्यौपाने, अर्का पोलिटब्युरो सदस्य तथा कपिलबस्तु ईञ्चार्ज धनेश्वर पोखरेल, पार्टी केन्द्रीय सदस्य टिकाराम पौडेल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मनोज थापा, क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका जिल्ला सदस्य रवि पुन , चन्द्रमान मानन्धर, अखिल (क्रान्तिकारी) बर्दियाका जिल्ला संयोजक रुपेश चौधरी, बाँकेका जिल्ला पार्टी सदस्य तपेन्द्र न्यौपाने, कृष्णबहादुर थापा र सर्वसाधारण फर्मासिंह धरेल रहनुभएको थियो ।
कार्यक्रममा नेकपा ९बहुमत०का कपिलबस्तचु जिल्ला संयोजक बीरबहादुर वि।क नेकपा९मशाल० का प्रतिनिधि दीपक पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।
करिब दुई बजेको समयमा गिरफ्तार गरिएका उहाँहरुलाई साँझ अबेर रिहा गरिएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।