डडेल्धुरा- डडेलधुराको अमरगढी नगरपालिका २ का स्थानीय युवा सुरत ऐर पुष्प खेतिमा व्यस्त देखिन्छन् । कृषिमा स्नातकोत्तर गरेका ऐर फुल संग व्यक्तिगत रुचि भएको र चाडपर्वमा हुने फुलको अभाव लाई पुर्ती गर्न पुष्प व्यवसाय सुरु गरेको बताउछन् ।करीब डेढ रोपनीमा फैलिएको फुल बगैचामा ऐरले कर्मा ५५५ जातका सयपत्री फुल लगाएका छन् ।
नेपालम गत बर्ष मात्र ११ करोड बराबरको फुल आयात भएको थियो । यसरि बिदेशी आमयात लाई रोक्नु पर्छ भनेर नै ऐरले यो व्यवसाय गरेका हुन् ।
ऐरले भने चाडपर्वमा विदेश बाट हुने फुलको आयात लाई कम गरि नेपाल लाई फुलमा आत्मनिर्भर बनाउन पुष्पखेती सुरु गरेको हु । अहिले सयपत्री बाट सुरु गरेको खेती अब आउने दिनमा बेमौसमी फुलको उत्पादन पनि बढाउदै लैजाने ऐर बताउछन् ।



Views: 171


















