२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

सशस्त्र प्रहरी जवान झुण्डिएको अवस्थामा मृत भेटिए

सिरहा ः सिरहामा सशस्त्र प्रहरीका एक जवान रुखमा झुण्डिएको अवस्थामा भेटिएका छन् । जिल्लाको सिरहा नगरपालिका–२१ लगडीगोठस्थित बिओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका–३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेको सशस्त्र प्रहरी बल ७ नम्बर गण हेडक्वाटर प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

घटनाबारे पुष्टि गर्दै थापाले नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा लगाइसकेको बताए । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीका अनुसार घटनाको प्रकृति मुचुल्का उठाउने कार्य भइरहेको छ । उनले शुक्रबार विहान ६ः२५ बजेको समयमा घटना भएको र घटनाको अनुसन्धानमा प्रहरी खटिसकेको बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।