डडेल्धुरा ः डडेल्धुरामा सर्पले टोक्दा १५ बर्षिय किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जीतेन्द्र ओखेडाको रहेका छन् ।
बिहीबार राति सुतेको अवस्थामा ओखेडालाई सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि जीतेन्द्र आफैँले सर्प मारेर फेरि बिस्तरामा सुतेका थिए। तर, एक्कासी विषले असर गरेपछि उनलाई बैद्यकहाँ लगिएको थियो।
त्यहाँबाट अस्पताल लगिएको उनलाई बचाउन नसकिएको जोगबुढा अस्पतालले जनाएको छ। ओखेडा स्थानीय शैलेश्वरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत थिए।



Views: 146

























