२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

सुदूरपश्चिमका ‘कान्छा मेयर’ले सार्वजनिक गरे सय दिनका २५ काम

काठमाडौं ः सुदूरपश्चिम प्रदेशका ‘कान्छा मेयर’ भरत बडायर जोशीले आफ्नो एक सय दिने कार्यकालको कामको विवरण सार्वजनिक गरेका छन् डडेल्धुराको परशुराम नगरपालिकाका मेयर जोशीले सय दिनका २५ महत्त्वपूर्ण काम भन्दै सार्वजनिक गरेका हुन् ।
उनले गर्भवती महिलालाई निस्शुल्क एम्बुलेन्स सेवा, ‘बर्निङ इन्जुरी’का लागि स्वास्थ्य शिविर सञ्चालन गर्न सम्झौता, निःशुल्क आँखा स्वास्थ्य शिविरका लागि डा. सन्दुक रुइतको टिमसँग सम्झौता, ज्येष्ठ नागरिकको उपचार सहजताका लागि जोगबुडा अस्पतालमा छुट्टै ज्येष्ठ नागरिक डेस्कको स्थापना, विद्युत लाइन विस्तार, जोगबुडा अस्पताललाई ५० बेडमा स्तरोन्नतिका लागि पहल भएर थप भौतिक संरचना निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढाइएको विवरण सार्वजनिक गरेका छन् ।
यसबाहेक शिक्षाको गुणस्तरमा सुधारका लागि पहल, नगरपालिकाका सबै माध्यमिक विद्यालयहरूमा ई–हाजिरी, सबै आधारभूत विद्यालयमा इन्टरनेट जडानको सुरुवात, सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर विकासका लागि ४७ बुँदे करार सम्झौता, परशुराम नगरपालिकामा नापी र मालपोत कार्यालयको स्थापना, योग केन्द्र स्थापनाका लागि सहरी विकास कोषसँग सम्झौता, सौर्य बत्तीहरूको मर्मत सम्भार भएको उनको प्रगति विवरणमा उल्लेख छ ।
महाकाली करिडोरअन्तर्गत करालीदेखि कुडासम्मको सडक कालोपत्रेका लागि टेन्डर आह्वान, वडा नम्बर १, २, ३, ५ र १२ मा टेलिफोन टावर स्थापनाका लागि पहल, ‘इनोभेस सेन्टर’ स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरिएको मेयर जोशीको सय दिनको काममा उल्लेख छ । परशुराम नगरपालिकाकालाई देशकै नमुना र मौलिक नगरका रूपमा स्थापित गर्न आफू सक्रिय रहेको मेयर जोशीले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।