२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

डडेल्धुराका मनकारि विनयको जीवन कथा प्रहरि देखि सफल व्यवसायी


को हुन विनय प्रकाश मल्ल

गरिव,बेसाहारको अर्को नाम हो विनय प्रकाश मल्ल । जन्मभूमि डडेल्धुरा नेपाल, कर्मभूमि जापान भएपनि विनय प्रकाश मल्ललाई आफ्नो देशको माया, देश प्रतिको लगाव र नेपाल प्रति असीम चिन्ता छ। विदेशमा बस्नेलाई मात्रै आफ्नो देश छाड्नु पर्दाको पीडा, चिन्ता र देश प्रतिको असीमित माया थाहा हुन्छ।

यस्तै मायाले होला डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. ४ खलंगाका विनय प्रकाश मल्ललाई आफू परदेशमा भएपनि नेपाल प्रतिको माया सधैं उस्तै छ।

२०४३ साल वैशाख १६ गतेका दिन बुवा खड्क बहादुर मल्ल तथा आमा बसन्ती देवी मल्लको पुत्रको रुपमा जन्मिएका विनय प्रकाश मल्लको बाल्यकाल भने कहालीलाग्दो छ। त्यसैले गरीब परिवारमा जन्मिएका विनय प्रकाश मल्लको बाल्यकाल संघर्षपूर्ण रह्यो।

उनले विद्यालय पढ्दै गर्दा १५ वर्षको कलिलो उमेरमै बुवालाई गुमाए। हृदयाघातबाट बुवाको मृत्यु भए पश्चात परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो। एकातिर पढाई अर्कोतिर पारिवारिक जिम्मेवारी उनको जीवन यसरी नै अघि बढ्दै गयो।

उनले कक्षा १२ सम्मको पढाई नजिकै रहेको महेन्द्र माध्यमिक विद्यायबाट पूरा गरे। उनका अगाडि अनेकौं प्रकारका चुनौती आएपनि हरेक चुनौती र परिस्थितिलाई अवसरको रूपमा लिई अगाडि बढेका उनी हरेक उतारचढावलाई सहजरूपमा लिएर अघि बढे।

विनय प्रकाश मल्ल भन्छन् — सानै उमेरमा काँधमाथि ठूलो जिम्मेवारी थपिएर होला जस्तोसुकै कार्य गर्न सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो।
नेपाल प्रहरीदेखि सफल व्यवसायी मल्ल
स्नातक स्तरको अध्ययन बिचमै छाडी उनी २०६३ सालमा नेपाल प्रहरीमा भर्ना भए। प्रहरीमा भर्ना भएर पनि उनले पढाइलाई निरन्तरता दिए। प्रहरीको जागिरे उनले स्नातकको अध्ययन त्रिभुवन विश्वविद्यालयबाट पूरा गरे।

नेपाल ल क्याम्पसमा एलएलबी अध्ययन पनि गरेको उनी बताउँछन्। उनले २०६९ सालमा प्रहरीको जागीरबाट राजीनामा दिए किनकि उनलाई जापान जाने इच्छा जाग्यो।

उनले ईन्टरनेशनल जापनीज ल्याङ्ग्वेज एकेडेमी सेन्दाई जापानमा भर्ना भई १५ महिने जापानीज भाषा अध्ययन गरि तोहोकु कम्प्युटर कलेज सेन्दाई जापानमा दुईवर्षे इन्टरनेशनल विजनेश कोर्स गरे। यसपछि जापानीज कम्पनीमा ‘स्पेलिस्ट इन ह्यूम्यनिटी इन्टरनेशनल सर्भिसको’ भिसा प्राप्त गरि ३ वर्ष काम समेत गरे।

यतिबेलै उनको मनमा ूअरूको काम कहिलेसम्म गर्नेरुू भन्ने प्रश्न उठ्न थाल्यो। ूअब आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने उद्देश्यले मैले व्यवसायको शुरुआत गरें। अहिले मैले आफ्नै मल्ल किंग्स कम्पनी लिमिटेड खोलेर जापान सरकारबाट विजनेश भिसा प्राप्त गरि कम्पनी सञ्चालन गरिरहेको छुू उनले भने।

अहिले उनको कम्पनीमा जापानीज र नेपाली गरी धेरै जनाले रोजगारी गरिरहेका छन्।

सहयोगीको अर्को नाम विनय प्रकाश मल्ल
पछिल्लो समयमा युवा पुस्ता माझ लोकप्रिय बनेको नाम हो विनय प्रकाश मल्ल। लोकप्रिय हुनुको कारण दीन दुखीलाई सहयोग गर्नु हो। ूमानिस ठूलो दिलले हुन्छ, जातले हुँदैनू भने झैं विनय प्रकाश मल्लको मन पनि ठूलो छ।

हिलो र माटोमा खेल्दै व्यवसायी बनेका मल्ललाई अहिले पनि विगतले झक्झकाई रहन्छ। विगतमा आफूले भोग्नु परेको दुःख र पीडा अरूले भोग्नु नपरोस् भन्ने उनी चाहन्छन्। त्यही कारण होला गरीबी तथा पीडामा परेकालाई उनले आर्थिक सहयोग गरि रहन्छन्।

ूमैले बिताएको जस्तो दुखदायी जिन्दगी अरूले जिउनु नपरोस् भन्ने चाहन्छु। विपन्न, गरीब, अनाथ तथा दीन दुखी देख्दा मनले मान्दैन सहयोग गरन मन लागि हाल्छू उनी भन्छन्।

विनय प्रकाश मल्लले सहयोग गर्छ होला भन्ने सुनेर होला अहिले धेरैको फोन आउने गरेकोू उनी बताउँछन्। उनले अहिलेसम्म लाखौं रुपैयाँ आर्थिक सहयोग गरिसकेका छन्।

डडेल्धुराका धेरै स्कुलहरुमा अक्षयकोषको स्थापना, कसैलाई राशन, कसैलाई आर्थिक सहयोग त कसैलाई लत्ताकपडा दिनु उनको दैनिकी बनिसकेको छ। कोरोना महामारी उत्कर्षमा पुगेको समयमा पनि उनी पीडितको लागि सारथी बनेका थिए। डडेल्धुरामा रहेका मठ, मन्दिर, विद्यालय र कोरोनाको समयमा अक्सिजन गरिद गर्न सहयोग गरेकोू उनी बताउँछन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।