डडेल्धुरा ः २ बर्षका लागि निर्वाचित स्ववियु ७ वर्षमा पनि क्याम्पसमा भाणभैलो मचाँउदै डडेल्धुरा २२ भाद्र, दुई वर्षका लनगि निर्वाचित डडेल्धुरा बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले ७ बर्ष पुग्दा पनि क्याम्पसमा भागवण्डा चलाउदै आईरहेको छ। त्रि विले वढीमा ६ महिना म्याद थप गरेको स्ववियु कार्यकाल सकिएको वर्षौ विति सक्दा खुल्ला पुरुष र क्याम्पसको आन्तरीक महिला भलिवल प्रतियोगिता हुने भनि आज गरेको पत्रकार सम्मेलन गरेको थियो। यस प्रति अनेरास्ववियुले एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) डडेल्धुराले बुधबार आयोजना गरेको पत्रकार सम्मेलन गरि खुल्ला पुरुष र क्याम्पसको आन्तरीक महिला भलिवल प्रतियोगिता हुने भनि जानकारीमा आएको कुरा प्रति अनेरास्ववियु डडेल्धुराको ध्यानाकर्षण भएको कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सुदुरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयबाट बिनियोजित रकम रु १० लाखको क्याम्पस र क्याम्पस भित्र अध्यानरत छात्रका लागि कुनै प्रतिफल नभएको आयोजना प्रति घोर विरोध गरिने अनेरास्ववियु डडेल्धुराका अध्यक्ष पुस्कर बहादुर देउवाले बताउनु भयो ।
त्रिभुवन विश्वविद्यालय अन्तरगत रहेको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० जसको कार्यकाल २ बर्षको हुन्छ । २०७३ फागुनमा भएको स्ववियु चुनाव २०७५ फागुन सम्म रहने गरि निर्वाचन भएको थियो ।

कार्यकाल समाप्त भएपछि त्रि।वि।ले ६ महिना पहिलो पटक र ६ महिना दोस्रो पटक गरि दुई पटक म्याद थप गरिएको छ त्यसपछि कुनै अख्तियारी त्रि।वि।ले ९स्ववियु० लाई नदिएको अनेरास्ववियु डडेल्धुराका अध्यक्ष देउवाले बताए । कुनै अख्तियारी नभएको स्ववियुले एक लौटी मनोमानि तरिकाले कुनै प्रक्रिया नपुगाई गर्न खोजीएको सरकारी रकमको दुरुपयोग प्रति घोर भत्सना गर्ने कुरा उल्लेख गरिएको छ ।
यदि सो बजेटले गरिने कार्यक्रम विद्यार्थीमुखी र क्याम्पसको विकाशका लागि सवै विद्यार्थी संगठनहरु बीच समुन्वय र छलफल नगरि कार्यक्रमको विषयमा पस्तावना तय नगरि वेवास्ता गरेमा अनेरास्व्वियु डडेल्धुरा अरु प्रक्रिया अपनाई अगाढी बढ्ने चेतावना समेत दिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सधै राष्ट्रियता, गणतन्त्र, सामाजिक न्याय, समानता, विद्यार्थी हक र अधिकार प्राप्तिको लागि निरन्तर जागरुक रहदै उज्वल शैक्षिक भविष्य निर्माणका निम्ति समेत सदैव कृयाशिल रहेको कुरालाई औल्याएको छ । विद्यार्थी भित्र रहेका प्रतिभाहरुलाई प्रर्दशन गर्न यस्ता रचनात्मक त्रियाकलाप लाई अनेरास्ववियु सधै सकारात्मक रुपले स्वागत गर्दछ विज्ञप्तीमा उल्लेख गरिएको छ ।




























