डडेल्धुरा ( दिपक राज भट्ट)ः डडेल्धुरा जिल्ला सदरमुकामा लुः निभा बालसरोकारले आयोजनामा आज स्थानिय अभियानता संग एक दिने समिक्षा बैठक सम्पन्न भएको छ । शिक्षाका सवालमा काम गर्दै आएको यस संस्थाले हाल डडेल्धुराका दुई पालिका अजयमेरु र गन्यापधुरामा काम गर्दै आएको छ ।



आज भएको औपचारिक कार्यक्रममा प्रमुख अथिति जिल्ला समुन्व्य समितिका प्रमुख गगन भण्डारि, बिशिष्ट अथितिमा अजयमेरु गाँउपालिकाका प्रमुख उमेश भट्ट (विकास), अथितिमा गन्यापधुरा गाँउपालिका उपाध्यक्ष ज्ञानु सेटि, अजयमेरु गाउपालिका शिक्षा शाखा प्रमुख लाल बहादुर सेटि, गन्यापधुरा गाँउपालिकाका शिक्षा शाखा प्रमुख तस्विर घटाल , पत्रकार को संगै शिक्षा अभियानताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सभापतित्वमा लुः निभाका कार्यक्रम संयोजक कृष्ण गोविन्द मर्हजन रहेका थिए ।
कार्यक्रममा हालसम्म शिक्षा अभियनाहरुले गरेका गतिविधिहरु र स्थानी सरकार संग कसरि साझेदारि गर्ने बिषमा छलफल भएको थियो ।

























