२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

देउवाविरुद्ध चुनाव लड्ने कि नलड्ने भन्नेमा अलमलमा कर्ण मल्ल

महेन्द्रनगर –२०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादूर देउवा ७ औँ पटक डडेल्धुराबाटै निर्वाचनमा सहभागी हुने तयारीमा छन् । गठबन्धनका कारण डडेल्धुरामा यस पटक देउवालाई झन् सजिलो भए पनि उनकै पूर्व सहयोगी खुला रुपमा बिपक्षमा उभिएका छन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा यतिबेला सबैको ध्यान तानिएको छ । डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवा नै चुनावी मैदानमा उत्रिने उनि निकट नेताहरुको भनाई छ तर आधिकारीकरुपमा घोषणा भने भइसकेकोे छैन् ।

देउवा २०४८ सालपश्चात् निरन्तर सबै निर्वाचनमा डडेल्धुराबाट विजयी हुँदै आएका छन् । उनी हालसम्म ६ पटक निर्वाचित भइसकेका छन् । मंसिर ४ को निर्वाचन उनका लागि सातौं प्रतिस्पर्धा हुनेछ ।

संसदीय निर्वाचनमा देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा जीत निकालेर रेकर्ड कायम राख्न सफल भएका छन् । उनी सबैभन्दा कम मतान्तरले विजयी भएको ०६४ सालको पहिलो संविधान सभाको पहिलो निर्वाचनमा हो जसमा उनले माओवादीका उम्मेदवार खगराज भट्टलाई एक हजार ३ सय ६८ मतान्तरले पराजित गरेका थिए भने २०७४ मा ६ हजार ९२९ मतान्तरले हराए । अन्य निर्वाचनमा मतान्तर अझ बढी छ ।

०६४ सालको चुनावदेखि देउवासँग प्रतिस्पर्धा गरिरहेका माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट यसपटक गठबन्धनका कारण डडेल्धुराबाट प्रतिनिधि सभा चुनाव नलड्ने सम्भावना अत्यधिक छ । भट्ट र उनको पार्टी नेकपा माओवादी केन्द्रले देउवालाई सघाएको अवस्थामा देउवा यस पटक अहिलेसम्मकै सर्वाधिक अन्तरले निर्वाचन जित्ने लगभग पक्का देखिन्छ । डडेल्धुरामा देउवाको लागि अवरोध ठानिएका देउवाका पूर्व निजी सचिव कर्ण मल्लले भने खुट्टा कामइरहेका छन् । उनी आफै देउवाविरुद्ध चुनाव लड्ने कि नलड्ने भन्नेमा अलमलमा देखिन्छन् ।

नेपाली कांग्रेसबाट कार्वाहीमा परेपछि नेपाली कांग्रेस (बिपि)को बरिष्ठ उप सभापति बनेका मल्ल यसपाली जसरी पनि देउवा हराउने अभियानमा छन् । तर, उनले आफै देउवाविरुद्ध चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा निर्णय गरिसकेका छन् । उनले भने, ‘मैले प्रतिनिधि सभा चुनाव लड्ने वा नलड्ने अझै निश्चित भएको छैन् ।’

अबको प्रतिस्पर्धा डडेल्धुराका आमनागरिक र देउवाबीच हुने मल्लले बताए । मतदाताहरुसँग सल्लाह गरेर सुझावअनुसार अगाडि बढ्ने उनी बताउँछन् । ‘यदि प्रतिनिधिसभामा उम्मेदवारी दिनुपर्ने अवस्था आए डडेल्धुराबाटै लड्छु’, उनले भने, ‘भदौ २४ गते बीपी जयन्तीका दिन उम्मेदवारी दिने वा नदिने घोषणा गर्छु ।’

प्रधानमन्त्री देउवाबिरुद्धमा उम्मेदवार बन्न गुल्मी स्थाई घर भएका सागर ढकाल केही दिनअघि डडेल्धुरामा पुगेका थिए । देउवाजस्ता पुराना नेताबाट देश नबन्ने बताउँदै ढकाल डडेल्धुराका जनताहरुलाई भेटेर काठमाण्डौँ फर्केका छन् । मल्लले ढकाललाई अगाडि सारेर देउवा हराउने योजना बनाइरहेको पनि अनुमान गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।