बैतडी । बैतडीमा चितुवाको आक्रमणमा परी १३ बर्षीय बालक घाइते भएका छन् । घाईते हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ६ बसेडीका १३ बर्षीय पारस धनाडी रहेका छन ।



मणिलेक मावि काँडा मेलौलीमा कक्षा ९ मा अध्ययनरत १३ बर्षीयधनाडी मंगलबार बिहान विद्यालय जाने क्रममा धनाडीमाथि चितुवाले बसेडी ठाडाइजर भन्ने ठाउँमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
उनको टाउको, गर्धन र कम्मरमा चोट लागेको बताइएको छ । घाइते धनाडीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
Views: 231

























