२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

धनगढी आइरहेका युवक मुम्बईमा बेहोस

धनगढी – मुम्बईको नजिकै मीरारोडबाट नेपाल आउन भनेर बस स्टाण्डमा पुगेका एक नेपाली युवक अचानक ढलेर बेहोस भएका छन। बेहोस युवालाई मीरारोड स्थित पद्यमाकर म्हात्रे अस्पतालमा भर्ना गरिएको छ।

धनगढी घर भएका अन्दाजी २४/२५ वर्षका डम्बर धामी बसको प्रतिक्षामा बसेका बेला बेहोस भएर ढलेका थिए। उनी होसमा नआएपछि एम्बुलेस बोलाएर बस सञ्चालक मिलन लामा र गणेश खड्का लगायतले अस्पतालमा लगेर भर्ना गरेका छन।

उनी मुम्बईमा कहा बस्थे र नेपालमा घर कहा भनेर सोध्न नसकिएको रावलले बताएका छन। उनको मोबाइल पनि लक र स्विचअफ भएका कारण कुनै डिटेल्स पाउन नसकेको उनले बताए ।

उनीसँग धनगढी, चटकपुर–०३, स्थित माया मेट्रो अस्पतालमा सन २०१९ मा उपचार गराएको केहि कागजपत्र भेटिएको छ। अहिले उनको आइसीयुमा राखेर उपचार भईरहेको छ।

धामीको परिवारलाई मिलन रावलको मोबाइल नम्बर ९८७१३८५८१०, ९७२६०४०८९०, गणेश खड्काः ८६८९८२५८९१ म सम्पर्क गर्न आग्रह गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।