२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

देउवाका प्रतिस्पर्धी भट्ट डडेल्धुरा छाडेर कञ्चनपुर क्षेत्र २ बाट चुनाव लड्ने चर्चा…

काठमाडौं ः नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले डडेल्धुरा छोडेर कञ्चनपुरबाट चुनाव लड्ने तयारी गरेका छन् । भट्ट प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा तीन पटक पराजित भएका थिए । सत्तापक्षिय पाचदलिय गठबन्धन गरेर जाने भएपछि भट्ट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेका हुन् ।
अब हुने मङ्सिरको चुनावमा देउवा डडेल्धुराबाट चुनाव लड्ने भएपछि काँग्रेस नेताहरूले भट्टलाई कैलाली क्षेत्र चारबाट चुनाव लडाउने तयारी गरेका छन् । तत्कालीन माओवादी नेता लेखराज भट्टको क्षेत्रमा खगराज भट्टलाई लडाएर जिताउने उनीहरुको योजना छ । ​तर, खगराज भट्टले डडेल्धुरा आफ्नो क्षेत्र छोड्नु पर्ने भएमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरे ।
यस क्षेत्रमा नेपाली काँग्रेसका नेता एनपी साउदको पनि हो । उनी समेत यहीँ क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । साउदसमेत देउवा निकट भएकाले भट्टले गठबन्धनबाट सजिलै टिकट पाउन मुस्किल देखिएको छ । २०७४ सालको चुनावमा एमालेका नरबहादुर नरबहादुर धामीले चुनाव जितेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।