२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

अछामका मदिराले मातिएको भिडिओ भाइरलः को हुन त्यी व्यक्ति

धनगढीः जिल्ला सरकारी वकीलको कार्यालय, अछामका सहायक जिल्ला न्यायाधिवक्ता मदिरा सेवन गरेर मातिएको भिडिओ भाइरल बनेको छ। सहायक न्यायाधिवक्ता कौशल प्रसाद ढुङ्गाना कार्यालय नजिकै मदिरा सेवन गरेर मातिएको भिडिओ भाइरल बनेको हो।
उक्त भिडिओ गत महिनाको भएपनि अहिले सार्वजनिक गरिएको बताइएको छ। अछामको जिल्ला सदरमुकाम मंगलशेनस्थित सरकारी वकीलको कार्यालय नजिकै उनी मदिराले मातिएको अवस्थामा भिडिओ खिचिएको त्यहाँका स्थानीयले बताएका छन्। राति मदिराले मातिएर बजारमा होहल्ला गरेपछि स्थानीयले थाहा पाएका थिए।
यसअघि यिनै सहायक ढुङ्गानालाई अछामको पञ्चदेवल विनायकका किशोर विनोद शाहीको मृत्यु प्रकरणमा मुद्दा अदालतसम्म नपुर्‍याउन पीडित पक्षलाई दबाब दिएको आरोप लागेको थियो। मृतकका आफन्तलाई कार्यालयमै बोलाएर मुद्दालाई अदालतसम्म नलैजान दबाब दिंदै आफ्नो रायअनुसार अघि बढ्दा हितकर हुने भन्दै दबाब दिएको पीडित पक्षले बताएका थिए। त्यसपछि मृतक विनोद शाहीका परिवारले किटानी जाहेरी दिएका मेयर अम्बिका चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई सरकारी वकीलको कार्यालयले प्रमाण नपुगेको मुद्दा नचलाउने निर्णय गरेको थियो।
सहायक जिल्ला न्यायाधिवक्ता ढुंगानाले अन्य १० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए। त्यसपछि ढुङ्गानाले मेयर चलाउनेसहितका तीन जनालाई बचाउन खोजेको आरोपसमेत लागेको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।