२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

जो हरेक वर्ष बुद्ध मूर्ति दान गर्छन्, २०८६ सालसम्मलाई पक्कापक्की

सबिना श्रेष्ठ
छुस्याबहालमा शनिबार प्रतिस्थापन गरिएको दिपंकर बुद्ध मूर्ति, साथमा दाताहरू पूर्णसिद्धि शाक्य र सुगिन्द्र शाक्य। तस्बिरस् नवीनबाबु गुरूङरसेतोपाटीछुस्याबहालमा शनिबार प्रतिस्थापन गरिएको दिपंकर बुद्ध मूर्ति, साथमा दाताहरू पूर्णसिद्धि शाक्य र सुगिन्द्र शाक्य। तस्बिरस् नवीनबाबु गुरूङरसेतोपाटी
करिब ४५ वर्षअघि काठमाडौंको छुस्या बहालबाट दिपंकर बुद्धको मूर्ति चोरी भयो।
हरेक दिन पूजा गरिने र हरेक वर्ष पञ्चदानमा महत्वपूर्ण मानिने बुद्धको मूर्ति चोरी भएपछि बहालका सदस्यहरूलाई आपत पर्‍यो। उनीहरूले अर्को वर्षको पञ्चदानसम्ममा पहिलेभन्दा सानो १८ इन्चको बुद्ध मूर्ति बनाए र त्यसैलाई पूजा गर्न थाले।

साढे चार दशकदेखि त्यही मूर्ति पूजा गर्दै आएका छुस्या बहालका बासिन्दा पहिलेजस्तै ठूलो मूर्ति बनाउन चाहन्थे तर संजोग मिलिरहेको थिएन।
त्यो संजोग हालै जुरेको छ, बौद्धका दाता पूर्णसिद्धि शाक्यमार्फत।
शाक्य हस्तकला व्यापारी हुन्। बौद्धमा उनको बुद्धिस्ट आर्ट सेन्टर छ जहाँ शनिबार बिहानैदेखि बुद्धको मूर्ति राखेर नामसंगति पाठ हुँदै थियो। यो मूर्ति छुस्या बहालमा दान दिन बनाइएको हो।
नामसंगतिमा १६ हजार ग्रन्थको भावार्थ हुन्छ भनिन्छ। यो पाठमा बुद्ध, मञ्जुश्री लगायत विभिन्न भगवानको बयान छ,ु शाक्यले भने, ुबौद्ध विहारमा हरेक दिन नामसंगति पाठ हुन्छ। मान्छेले आफ्नो घरमा पनि पाठ गर्न सक्छन्। यो पाठ पढ्दा शुभ हुन्छ। आफूलाई मात्र होइन, आफ्नो वरिपरि बस्ने समुदायलाई पनि।ु

नामसंगति पाठ र जीवन्यास ९मूर्तिमा प्राण भर्ने० सकिएपछि दिपंकर बुद्ध मूर्ति झकिझकाउ पारेर बाजागाजासहित बौद्ध चैत्य परिक्रमा गराइयो। त्यसपछि विदाइ गरेर छुस्याबहाल पठाइयो।

यता छुस्याबहालमा दिपंकर बुद्धको स्वागत निम्ति बेग्लै रौनक थियो।

ुपहिले हराएको बुद्ध मूर्ति राजा प्रताप मल्ल पालाको थियो। पञ्चदानमा राजा स्वयं सहभागी भएका थिए,ु बहालका सचिव त्रिरत्न बज्राचार्यले मूर्ति पाउँदाको खुसी साट्दै भने, ुअहिले पाएको मूर्ति पनि विशेष छ। दान पारमिता अवलम्बन गरेर जीवन अगाडि बढाउने जुन शिक्षा र शैली छ, त्यसलाई बुद्ध मूर्तिका दाताहरूले राम्ररी बुझ्नुभएको रहेछ।ु

पुरानोसँगै नयाँ सम्पदाको मूल्यांकनमा जोड दिँदै बज्राचार्यले भने, ुपुराना सम्पदा भत्कँदै, हराउँदै जान्छन्। त्योसँगै बन्ने नयाँ सम्पदाको मूल्य पनि हामीले बुझ्न जरूरी छ।ु

शनिबार छुस्याबहालमा दिपंकर बुद्ध प्रतिस्थापन गरेपछि काठमाडौंका बहाबहीका थकाली र भन्तेहरूलाई दान दिइएको थियो। त्यसपछि पञ्चदान र नित्यपूजा सुरू भयो।

नेवाः पात्रोअनुसार यो वर्षको दसौं महिना हो जसलाई ुगुँलाु भनिन्छ। वर्षाको मादकता र जोखिम दुवै यति बेला उत्कर्षमा हुन्छ। कुन बेला आकाश बर्सन थाल्छ भन्न सकिन्न। कुन बेला आकाशबाट पोखिएको पानी थाम्न नसकेर बाढीपहिरो जान्छ, त्यो पनि भन्न सकिन्न। रोगव्याधिको डर पनि यही बेला हुन्छ। त्यही भएर सबैको कल्याण होस्, कसैलाई दुःख नहोस् भनेर बाजागाजा बजाउँदै शुभकामनासहित गुँला पर्व मनाउने चलन छ।
नेवाः बौद्ध धर्मावलम्बीहरू यो महिनाभरि पञ्चदान गर्छन्, ताकि समस्यामा परेकाहरूलाई आफ्नो दानबाट सहयोग प्राप्त होस्।
बौद्ध धर्मको बज्रयानमा एउटा श्लोक छः

दानं विभूषणम् लोके, दानं दुर्गति निवारणम्
दानं स्वर्गसे स्वकानम्, दानं शान्ति करं शुभ

अर्थात्, दानले दुर्गति निवारण गर्छ। दानले स्वर्ग जाने बाटो खोल्छ। दानले शान्ति पाइन्छ। बौद्ध धर्मको दस पारमितामध्ये सबभन्दा पहिले दानकै कुरा आउँछ। दान पारमिता नसकी बौद्धमार्गीहरूले अरू पारमिता हासिल गर्न सक्दैनन्।
दान कसलाई दिने भन्ने पनि नियम हुन्छ। माग्नेलाई दिने, भिक्षुलाई दिने लगायत विभिन्न थरका दान हुने त्रिरत्न बज्राचार्य बताउँछन्। उनका अनुसार पाएको वस्तु बेच्ने र अनैतिक कार्यमा खर्च गर्नेहरूलाई दान दिनु हुँदैन। दिने मान्छेले आफ्नो मन शुद्ध पार्नुपर्छ। लिनेले पनि मैले लिएको छु र धर्मको लागि केही गर्नुपर्छ भनेर लिनुपर्छ।
जसले दसवटै पारमिता सफलतापूर्वक सम्पन्न गर्छ, त्यो मान्छे बुद्ध वा बोधिसत्वजत्तिकै हुन्छ भन्ने भनाइ छ। त्यही भएर बज्राचार्य, शाक्यहरू यसलाई आफ्नो जीवनको मूल मन्त्रका रूपमा अवलम्बन गर्छन्।
त्यही मर्म बुझेका पूर्णसिद्धि शाक्यले बुद्धको मूर्ति दान गरेको यो पहिलोपटक होइन। उनले हरेक वर्ष एउटा मूर्ति दान दिँदै आएका छन्। अहिलेसम्म ८ वटा बुद्ध मूर्ति दिइसकेका छन्। सेतो पाटि धाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।