२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

शपथ लिएलगत्तै अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाण्डौ – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्नुभएको छ । आज आइतवार बेलुकी अर्थ मन्त्रालयमा पुगेर शर्माले पदभार ग्रहण गर्नुभएको हो ।
आज नै अर्थमन्त्रीमा नियुक्त हुनुभएका शर्माले शितल निवासमा पुगेर पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शपथ ग्रहण गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अङ्गका प्रमुखको उपस्थिति थियो ।
बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि असारको २२ गते सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्नुभएको थियो । समिति गठन भएसँगै २२ गते नै शर्माले राजीनामा दिनुभएको थियो ।
शर्मामाथि छानबिन गर्न बनेको संसदीय अध्ययन विशेष समितिले उहाँलाई दोषी ठहर गर्न सकेको थिएन । समितिमा रहेका नेकपा एमालेका चार जना सांसदले फरक मत पनि राखेका छन् । प्रष्ट सीसीटीभी फुटेज नदिएको, शर्मा र अनधिकृत व्यक्तिको कल डिटेल हेर्न नदिएको लगायतका विषयमा एमालेका सदस्यले फरक मत राखेका छन् ।
विवादित व्यक्तिलाई पुनः मन्त्री पद सुम्पिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना भइरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।