दिपक राज भट्ट— भागेश्वर गाँउपालिका स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएको दुई महिनाभन्दा बढी भइसक्दा समेत डडेल्धुराको भागेश्वर गाँउपालिकाले वेबसाइट अपडेट नगरेको पाइएको छ । पालिकाको प्रमुख र उपप्रमुखको नाम अपडेट गरेको भएपनि वडा अध्यक्षहरुको नाम अपडेट नगरेको पाइएको हो ।
पालिकाको वेबसाइटमा अहिले पनि पुरानै वडा अध्यक्षहरुको नाम रहेको छ ।
वडा अध्यक्षहरु दोहोरिएका भएपनि नयाँ वडा अध्यक्षहरुको नाम वेबसाइटमा समावेश गरिएको छैन् । पालिकाको वेबसाइटमा जनप्रतिनिधिहरुको विवरण पुरानै हुँदा धेरैलाई समस्या हुने गरेको छ ।



पालिका वडा नं १, वडा नं २, वडा नं ३, वडा नं ४, वडा नं ५ वडा अध्यक्षको विवरण पुरानै राखिएको छ ।

पालिकाले वेबसाइट अद्यावधिक नगर्दा नागरिकले वेबसाइटबाट सही सूचना पाउन मुस्किल भएको छ ।



Views: 943

























