२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

शैल्यशिखरका मेयर धामीमाथि बलात्कारको आरोप

गोकुलेश्वर – शैल्यशिखर नगरपालिकाका मेयरमाथि बलात्कारको आरोप लागेको छ। उनलाई पूर्व मेयरकी छोरीले बलात्कारको आरोप लगाएकी हुन्।

शैल्यशिखरका पूर्व मेयर तथा स्थानीय तहको निर्वाचनमा विजयसिंह धामीसँग पराजित भएका मेयरका उम्मेदवार अमरसिंह धामीकी छोरी करुणा बिष्ट (धामी)ले उक्त आरोप लगाएकी हुन्। उनले हालका मेयर विजयसिंह धामीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा बलात्कारको आरोप लगाउँदै आइरहेकी छिन्।

करुणाले संकटकालका बेला अहिलेका मेयर विजयसिंहले सोही ठाउँकी एक स्थानीय महिलामाथि बलात्कार गरेको आरोप लगाइन्। उनले भनिन्, ‘ती पीडित महिला अहिले पनि जीवितै छिन्। यो २०६१ सालमा घटाएको घटना हो। पाँच जनाले महिलामाथि बलात्कार गरेका थिए।’ ती पाँच जनामध्ये अहिलेका मेयर प्रमुख पीडक रहेको उनको दाबी छ।

यता मेयर विजयसिंह धामीले भने आफूमाथि झुठो आरोप लगाएर चरित्रहत्या गरेको बताएका छन्। आफ्नो बुवा चुनावमा हारेका कारण उनकी छोरी (करुणा) ले पटकपटक आरोप लगाउने गरेको मेयर धामीले बताए। उनले भने, ‘चुनावी मैदानमा भएका बेला पनि यस्तै आरोप लगाएका थिए। अहिले हारेपछि पनि आरोप लगाइरहेका छन्।’ अब पूर्व मेयरकी छोरीविरुद्ध प्रहरीमा उजुरी दिने तयारीमा रहेको उनले बताए। चौलानी खबर

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।