काठमाण्डौ — हप्ताको पहिलो दिन आज सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । अस्ति तोलामा ९४ हजार रुपैयाँ रहेको सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।



Views: 249


















