२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

कालोबजारी,महगी‌र मुल्यसुचि लाई नजर गरेर बाजुरामा बजार अनुगमन

बाजुरा — बाजुराकाे सदरमुकाम मार्तडीमा रहेका बिभिन्न पशलहरुमा जिल्ला प्रशासन कार्यालय बाजुराकाे सहकार्यमा अनुगमन गरिएकाे छ । अनुगमनमा म्याद सकिएका खाध्य बस्तु, कालाेबजारी र महगी‌, मुल्यसुचि लगायतका बिषयमा बजार अनुगमन गरिएकाे हाे । अनुगमनकाे क्रममा म्याद गुज्रेका खाद्य सामाग्री बरामद समेत गरिएकाे जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय बाजुरा, घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रहरी कार्यालय, काेलेनिका, स्वास्थ्य कार्यालय बाजुरा लगायतका कार्यालयहरुको संयुक्त टोलि द्वारा शुक्रबार सदरमुकाम मार्तडीमा रहेकाे बजार क्षेत्रमा अनुगमन गरिएको जिल्ला प्रशानसन कार्यालय बाजुराले जनाएकाे छ ।
व्यापरीहरुले कालोबजारी गरेको जनगुनासो पछि जिल्ला प्रशासन कार्यालयले सम्पुण टोली खटाई बजार अनुगमन गरीएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
व्यापरीहरुलाई पटक-पटकको अनुगमनमा जानकारी दिदा पनि व्यापारीहरुलाई दिएको निर्देशनहरु पालना नगरी म्याद गुर्जेका सामाग्री बिक्रि बितरण गरेकाे र केही पशलमा भेटीएका तरकारी र अखाध्य बस्तु बरामत गरिएकाे सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र बहादुर बिष्टले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।