दिपक राज भट्ट — डडेल्धुरामा व्यापक राहात वितरण कार्यक्रम सम्पन्न भएको छ । ईयु एन ओमेनको आर्थिक सहयोग,महिला मुक्ति समाज डडेल्धुराको आयोजना र सामुदायिक सुरक्षा जालो डडेल्धुराको सवन्व्यमा राहत वितरण गरिएको हो । 
शनिवार डडेल्धुराका अमरगढी र अजयमेरु गाँपालिकाका २३ जना कोरोना प्रभावित अपाङग, एकल,दलित, अभिभावक विहिन राहत वितरण गरएिको हो ।
राहात प्याकेजमा ७५ के.जी मसिनो चामल, एउटा मोवाईल, चुलो,सेट,साबुन,नुन,सोडा,दाल,तेल रहेको सुरक्षा जालो नेपालका जिल्ला संयोजक लक्ष्मी थापाले बताईन् ।
राहत प्याकेज विशेष गरेर कोरोना प्रभावित लाई दिईएको महिला मुक्ति समाज डडेल्धुराका अध्यक्ष आरती जोशीले बताईन् । राहत पाउदा प्रभावित व्यक्तिहरुले संस्था परिवारलाई धन्यबाद दिएका छन् ।



Views: 158

























