२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

आहा सायल झर्ना (फोटोफिचर)

भागेश्वरको सायल झर्ना : हेर्नै पर्ने एक गन्तव्य

दिपकराज भट्ट ( डडेल्धुरा)
– डडेल्धुरा भागेश्वर गाउँपालिका वडा १ मा सायल झर्ना रहेको छ । झर्ना करिब ७० मिटर भन्दा बढि उचाइ रहेको छ । यसको मुख्य झर्नाको लम्बाइ ७० मिटरसम्म रहेको छ भने यसको तल सहायक झर्ना पनि रहेका छन् । यो भागेश्वर गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रहरू मध्येको एक प्रमुख गन्तव्य पनि हो । डडेल्धुरा जिल्ला सदरमुकाम बाट सायल झरनासम्म कसरी यसरी पुगिन्छ ।

डडेल्धुरा जिल्ला सदरमुकाम बाट १३ किलोमिटरको मोटर (ग्राइवेल) बाटो भएर पालिका सदरमुकाम बगरको पुगिन्छ , पालिका सदरमुकाम बाट झण्डै २३ किलोमिटरको कच्ची सडक बाट वडा कार्यालय भवन १ सम्म पुगिन्छ भने त्यहा बाट १० किलोमिटरको दुरिमा सायल नजिकै रहेको लिउड गाउँसम्म पुगिन्छ । सड्कको यात्रा सकिएपछि २० मिनेटको पैदल बाटो भएर सायल झर्ना सम्म पुगिन्छ । सायल सडक संञ्जालमा जोडिए संग त्यहा आउने पर्यटकको आगमनमा बृद्धि भएको स्थानीय हरु देबि जोराले बताउनुभयो ।

सायलको पूर्वाधार विकासका लागि स्थानीय सरकारले पनि बजेट विनियोजन गर्दै आएको छ । स्थानीयहरू ले सायलको पानी सदुपयोग गरेर सिचाई गर्नुका साथै पानी घट्ट पनि सञ्चालनमा ल्याएका छन्। सायल झर्ना नजिकै रहेको सायल, लिउड बस्तीमा विद्युत र सड्क पूर्वाधार भने पुगेको छ तर सञ्चार बाट भने यी बस्ती दुर्गम रहका छन् ।


खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।