एक दुख



एक म
बिहानै लडाइँ गर्छौ
दिनभरि थकित शरिरले एक मुठ्ठी बिश्वास लैजान्छ।
रातीमा निदाउन दिदैंन
त्यो अन्धाकार भबिष्यले
सन्नटा छाउन्छ मनमा
चिसो हावा खान कौसीमा पुग्छु
बाको फाटेको टोपी याद आउन्छ
आमाका फुस्रा परेका हात याद आउन्छ।
साझ चिसो हावा खान कौसीमा गएको म
तातो दिमाग लिएर कोठा भित्र पस्छु।
बनाउन्छु जिन्दगीका बाटाहरू
कुद्छु कल्पनामै म्याराथन
आफै आफुलाइ भन्छु “धन्यवाद”
सुत्न खोज्छु म निदाउदिन
त्यहि आफैले कोरेको बाटोमा घुमिरहन्छु
पचास रुपैया नपत्याएका ठुला बा
पचासचोटी बगेका आमाका आशु सम्झन्छु
मेला हर्ने जादा दश रुपैयाँ नपाएको व्याथा
दश चोटी सम्झन्छु।
कोठाको चुक्कुल हेर्छु।
बन्छ छ।
त्यो कोठा जस्तै काला छन।
मेरा भबिष्यका सपनाहरू।
मार्दै छु चाहानाहरुलाइ आफै भित्र
दिन पाएको छैन आफ्नै सपनाहरूलाइ
अन्तिम श्रद्धाञ्जली
Views: 481

























