२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

एक मुठ्ठी बिश्वास \ जनक जोशी

एक दुख

एक म

बिहानै लडाइँ गर्छौ

दिनभरि थकित शरिरले एक मुठ्ठी बिश्वास लैजान्छ।

रातीमा निदाउन दिदैंन

त्यो अन्धाकार भबिष्यले

सन्नटा छाउन्छ मनमा

चिसो हावा खान कौसीमा पुग्छु

बाको फाटेको टोपी याद आउन्छ

आमाका फुस्रा परेका हात याद आउन्छ।

साझ चिसो हावा खान कौसीमा गएको म

तातो दिमाग लिएर कोठा भित्र पस्छु।

बनाउन्छु जिन्दगीका बाटाहरू

कुद्छु कल्पनामै म्याराथन

आफै आफुलाइ भन्छु “धन्यवाद”

सुत्न खोज्छु म निदाउदिन

त्यहि आफैले कोरेको बाटोमा घुमिरहन्छु

पचास रुपैया नपत्याएका ठुला बा

पचासचोटी बगेका आमाका आशु सम्झन्छु

मेला हर्ने जादा दश रुपैयाँ नपाएको व्याथा

दश चोटी सम्झन्छु।

कोठाको चुक्कुल हेर्छु।

बन्छ छ।

त्यो कोठा जस्तै काला छन।

मेरा भबिष्यका सपनाहरू।

मार्दै छु चाहानाहरुलाइ आफै भित्र

दिन पाएको छैन आफ्नै सपनाहरूलाइ

अन्तिम श्रद्धाञ्जली

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।