२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

‘उत्कृष्ट’ नारा लेख्नेलाई गृह मन्त्रालयले पुरस्कार दिने


काठमाडौं ।
गृह मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६)का अवसरमा उपयुक्त नारा संकलन गर्ने भएको छ । ‘उत्कृष्ट’ नारालाई पुरस्कृत समेत गर्नेछ ।

एक सूचनामार्फत मन्त्रालयले मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी पठाउन आग्रह गरेको छ । त्यस्तो नारा यही जेठ २५ गतेभित्र मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाको इमेल ठेगाना (drug@moha.gov.np) मा पठाउन सकिनेछ ।
मन्त्रालयका अनुसार नारा लागुऔषध दुरुपयोग, ओसारपसार, रोकथाम तथा नियन्त्रण गर्न सहयोग पुर्‍याउने सन्देश दिने खालको हुनुपर्नेछ । नारा बढीमा १० शब्दको र नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । नाराले दिन खोजेको सन्देशबारे छोटकरीमा व्याख्या गरिएको हुनुपर्नेछ ।
उत्कृष्ट नारा पठाउने पाँचजनालाई पुरस्कारस्वरूप जनही नगद दुई हजार रुपैयाँ बैंक खातामार्फत उपलब्ध गराइनेछ । पुरस्कृत नाराहरू उक्त शाखाले विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा प्रयोग गर्ने जनाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।