जनक महरा / धनगढी – महिला लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय धनगढी कैलालीको केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा समुहमा आवद्ध महिलाहरु मध्येबाट केन्द्र प्रमुख तथा उप प्रमुखहरुलाई विशेष गरी कर्जा र बचत सम्बन्धि ब्यबसाय दर्ता, ब्यबशाय योजना, कर्जा सदुपयोगिता, वित्तीय ब्यवस्थापन, दोहोरोपना, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गराउने उदेश्यले कार्यशाला गोष्ठी सञ्चालन गरिएको हो ।



केन्द्र न. १४ का केन्द्र प्रमुख टिका देवी जैसीको सभापतित्वमा उद्घाटन भएको उक्त कर्यक्रममा समुहमा आबद्ध १४० भन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको थियो भने प्रमुख अतिथी धनगढी उपनगरपालिका वडा न ४ का अध्यक्ष बुद्धि बहादुर खड्का रहेका थिए । कार्यक्रममा बिशिष्ठ अतिथी प्रदेश कार्यालय अत्तरिया कैलालीको तर्फबाट सुदुरपश्चिम प्रदेशका सु नि का अधिकृत नारद न्यौपानेको उपस्थिति रहेको थियो । अतिथीमा शाखा कार्यालयका धनगढीका प्रमुख प्रकास बहादुर चन्द , शाखा कार्यालय हसुलियाका कार्यालय प्रमुख बिष्णु चौधरी , धनगढी उपनगरपालिका वडा न ४ का सदस्य भागीराम चौधरी तथा शाखा कार्यालयका कर्मचारीहरु रहेका थिए ।

कार्यक्रममा स्वागत् मन्तव्य राख्दै शाखा कार्यालयका प्रमुख चन्दले संस्था बाट गाउँ घरमै प्रदान गरेको वित्तीय साक्षरता र छिटो छरितो बैंकिङ सेवा बारे खुलेर प्रशंसा गर्नुका साथै थप सेवा सुबिधा समेत प्रदान गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनले भने, सहभागी बाट उठेको जिज्ञासा र लघुवित्तको आगामी कार्यदिशा र सेवा सुविधाका बारेमा संस्थाका शाखा कार्यालयका प्रमुख चन्दले ब्याख्या गरेका थिए । उहाँले कार्यक्रमको पृष्ठभुमी , उदेश्य , शाखा कार्यालय धनगढीको वस्तु स्थिती , योजना र रणनितीको बारेमा समेत प्रस्ट्र पारेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बिशिष्ठ अतिथी प्रदेश कार्यालय अत्तरिया कैलालीको तर्फबाट सुदुरपश्चिम प्रदेशका सु नि का अधिकृत नारद न्यौपाने भने , शाखा कार्यालय धनगढी महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको उत्कष्ट शाखा हो । धनगढीलाई उत्कष्ट शाखा बनाउन सम्पुर्ण केन्द्रका केन्द्र प्रमुख ,उप प्रमुख तथा महिला सदस्यहरुको महत्वपुर्ण भुमिका रहेकोमा धन्यवाद दिए । उनले भने, यस वित्तीय संस्थाबाट सदस्यहरुलाई उधमशिलता तर्फ उत्प्रेरित गर्ने उदेस्यले विभिन्न कृषि तथा अन्य व्यवसायका फर्महरुमा अवलोकन भ्रमण गराउने गरिएको छ । साथै सदस्यका परिवारलाई समेत देश भित्रका व्यवसायिक तथा पर्यटकीय क्षेत्रमा भ्रमण गराउने गरिएको छ । सदस्यहरुको सिपको विकास गरी आयमुलक कार्यमा अग्रसर गराउदै उधमशिल बनाउन समय समयमा विभिन्न किसिमको सीपमुलक तालिम संचालन गर्ने गरिएको छ ।संस्थाको नीति तथा सेवामा परिवर्तन भएका कुराहरुको बारेमा जानकारी प्रदान गर्न तथा वित्तीय ज्ञान प्रदान गर्न सदस्य तथा अभिभावकहरुलाई भेला गरि पुनर्ताजगी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने गरिएको बताए ।
कार्यक्रममा प्रमुख अतिथी धनगढी उपनगरपालिका वडा न ४ का अध्यक्ष बुद्धि बहादुर खड्काले भने , हामीले महिलाहरुको हकहित र आत्मनिर्भताका लागी सक्दो सहयोग गछौ । महिलाको सहभागीता , विभिन्न कृषी , उत्पादन मुलक योजना वडामा समाबेश गरे सम्बोधन गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हालसम्म संस्थाले ७० वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा कार्य क्षेत्र बिस्तार गरि राष्ट्रको गरिबी निवारणको कार्यक्रममा टेवा पुर्याउने उदेश्य संस्थाको रहेको छ । साथै उत्कष्ट प्रमुख ५ जना , अनुशासनमा १ जना , उत्कष्ट बचतकर्ता १ जनालाई प्रंशसा पत्र प्रदान गरेका थिए ।
यस वित्तीय संस्थाले देशै भरी समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यपारी, कृषक तथा व्यवसायीहरुलाइ प्रोत्साहन सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने जनाएको छ ।
कार्यक्रम सञ्चालन शाखा कार्यालयका कर्मचारी दिपकराज जोशीले गरेका थिए ।





























