हिक्मत साउँद, डडेल्धुरा। डडेल्धुराकाे परशुराम नगरपालिकाकाे मेयरमा कांग्रेसका भरत बडायर जाेशीले अग्रता लिएका छन् । वडा नं ६ काे मतगणना जारी रहदा जाेशीले कुल २ हजार ८१३ मत पाएका छन्। उनका प्रतिद्वन्द्वि नेकपा माअाेवादी केन्द्रका शेरसिंह माल डायमण्डले २ हजार ७८९ मत पाएका छन्। भरत र मालकाे मतान्तर २४ रहेकाे छ।
उप- मेयरमा भने माअाेवादीकि बिमला महताले २ हजार ५८२ मतसहित अग्रता कायम राखेकि छिन्। उपमेयरमा कांग्रेसकि कलावती बाेहराले २ हजार २२८ मत पाउँदा एमालेकि गाेमती पन्तले १ हजार ४३७ मत पाएकि छिन्।



Views: 154

























