महेन्द्रनगर । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले विजयी सुरुवात गरेको छ ।



बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा समाजवादी प्यानल सहित वडामा विजयी भएको हो ।
एमालेलाई हराउँदै समाजवादीका देवीभक्त जोशी अध्यक्षको प्यानल विजयी छ । उनले ४ सय ४० मत ल्याएका छन् ।
उनका प्रतिद्धन्द्धी एमालेका सुरेश खत्रीले २ सय ३८ मत मात्रै प्राप्त गरेका छन् ।
Views: 281




















