धनगढी। सुदूरपश्चिमका सात जिल्लामा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । एमाले प्रदेश कमिटीका अनुसार बझाङ, बाजुरा, डोटी, दार्चुला, डडेल्धुरा, अछाम र बैतडीमा उम्मेदवारको टुंगो लागेको हो ।



अब प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको छ।आइतबार सबै पालिकाका उम्मेदवार छनोट गरेर सोमबार मनोनयन दर्ता गर्ने नेकपा एमाले सुदूरपश्चिम कमिटीले जनाएको छ।
कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका लागि रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना थारूलाई उम्मेदवार बनाउने निश्चित भएको छ। अब जिल्लाका १२ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन बाँकी छ । एमालेले उता कञ्चनपुरका ९ मध्ये ५ वटा पालिका प्रमुखको उम्मेदवारी टुंग्याएको छ ।
Views: 155

























