<strong>अमरगढीमा कार्यालय स्थापना
डडेल्धुरा (दपक राज भट्ट) ःग्रामिण विकास एवंम वातावरण व्यवस्थापन समाज बैतडी द्धारा संञ्चालित महिला नेतृत्व मञ्चले डडेल्धुरामा कार्यालय स्थापना गरेको छ । वि.सं २०७८ मा बैतडीमा स्थापना भएको महिला नेतृत्व मञ्चले स्थानिय तहमा महिलाहरु लाई सकृय गदै आएको छ ।



चार स्थानीय तहमा लागु भएको यस कार्यक्रामले टोल टोलका स्थानीय महिलाहरु लाई नेतृत्व विकासमा सहयोग गर्दै आएको छ । बैतडीका दुई स्थानिय तह दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र डडेल्धुराका अमरगढी र गन्यापधुरा गाउपालिकामा कार्य क्षेत्र बनाएको ग्रामिण विकास एवंम वातावरण व्यवस्थापन समाज बैतडीका कार्यकारी निर्देशक गोविन्द राज जोशीले बताए ।
आज एक औपचारीक कार्यक्रम गरेर डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कार्यालय स्थापना गरेको छ ।
कार्यक्रममा प्रमुख अथिति अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रशाद ओझा रहेको थिए भने विशिष्ठ अथितिमा उप मेयर संगिता भण्डारी ,
ग्रामिण विकास एवंम वातावरण व्यवस्थापन समाज बैतडीका निर्देशक गोविन्द राज जोशी, मंञ्चका जिल्ला अध्यक्ष पार्वर्ती झुकाल अमरगढी नगरपालिकाका कार्यकारी प्रमुख हेमन्तराज पन्त रहेका थिए ।
महिलाहरु लाई सकृय बनाउनुका लागि यस कार्यक्रमको निकै ठुलो भुमिका रहने प्रमुख अथिती ओझोको भनाई रहेको थियो । यस्तै कार्यक्रममा बोल्दै विशिष्ठ अथिति भण्डारीले भनिन महिलाहरुले सिमित कोटामा मात्र सिमित नरहेर नगर स्तरमा पचास प्रतिसत महिला निर्वाचित हुने पर्नेमा जोड दिईन् ।
महिलाहरुको क्षमता संगै नेतृत्वमा भुमिका खेल्नुका लागि यस मञ्चले अब डडेल्धुराका टोलटोलमा कार्यक्रम लाई थप सकिृय पार्ने कार्यक्रमका फिल्ड अफिसर चन्द्रा भट्ट (शर्मा) ले बताईन् ।
कार्यलय स्थापनामा अमरगढी नरगपालिकाले सहयोग गरेको छ भने यस अघि रुडुक डडेल्धरुाले सहयोग गरेको कार्यक्रम संयोजक तेजराम लुहारले जानकारी गराए ।
कार्यालय स्थापना संगै महिलाहरुमा हौसला बढेको छ। यस कार्यक्रममा अक्सफाम नेपालको सहयोग रहेको छ ।


















