सुरक्षित गर्भपतन सम्बन्धि सचेतनामा अग्रसर हुदै महिला ः सिडिएफ नेपाल सहयोग
दिपक राज भट्ट (डडेल्धुरा) ः वि.सं २०५१ सालमा स्थापना भएको सिडिएफ नेपाल नाम संस्थाले सुरक्षित गर्भपतन सम्बन्धि सचेतना दिदै आएको छ । सुरक्षित गर्भपतन सेवा लाई आउदै गरेको चुनावी घोषण पत्रमा समावेश गर्ने घोषण अन्तर पार्टि महिला संञ्जालका पदाधिकारिले गरेका छन् ।
डोटिमा स्थापना भएको यस संस्थाले हाल सम्म करिब ४७ परियोजना संग समुन्व्य गरेर कार्य सम्पादन गरिसकेको छ भने हाल ४ परियोजना सुचारु गरिरहेको छ ।
डडेल्धुराको भागेश्वर गाउपालिका र नवदुर्गा गाउपालिकामा यसले सुरक्षित गर्भपन सम्बन्धि आईपास नेपाल संग साझेदारी गरेर कार्यक्रम सुचारु गरेको सिडिएफ नेपाल अध्यक्ष खड्क राज शर्माले बताए ।



डडेल्धुरामा पछिल्लो समयमा सुरक्षित गर्भपतन सम्बन्धि जानकारि आम नागरिकमा रहेको शार्माले दावी गरेका छन् । जनचेतना अझ बढाउनु लागि परेका छौ शर्माले भने ।
आज (शुक्रवार) डडेल्धुरा जिल्ला सदरमुकाममा अन्तर पार्टि महिला संञ्जाल संगको अन्र्तक्रिया कार्यक्रममा डडेल्धुराका २० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको आयोजक सिडिएफ नेपाल ,सहयोग आईपास नेपाल र समुन्व्य जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा रहेको थियो ।
नेपालको कानुनी व्यवस्था अनुसार मेरो स्वास्थ्य मेरो अधिकार व्यवस्था रहेको छ । यसका बिषयमा आम नागरिकमा विशेष गरि ग्रामिण क्षेत्रका नागरिकहरुमा जानकारि गराउने सिडिएफ नेपालका फोकल प्रसन सिद्धराज जोशीले बताए । जनस्वास्थ्य ऐन अनुसार (आधारभुत स्वास्थ्य सेवा ) जसमा सुरक्षित गर्भपतन सम्बन्धि व्यवस्था रहेको छ ,उसो त महिलाको मन्जुरिमा १२ हप्ता सम्मको सुरक्षित गर्भपतन गर्न सकिने व्यवस्था रहेको छ भने त्यस्तै महिलाको ज्यानखतरामा वा अपाङग भएको मान्यता प्राप्त स्वास्थ्यकर्मिले सिफरिस गरेमा २८ हप्तासम्मको,रोगप्रतिरोधात्म क्ष्यमता कम भएको भुर्ण खराबी र अन्य यस्तै समस्या भएको अवस्थामा पनि २८ हप्ता सम्मको गर्भ सुरक्षित गर्भपतन गर्न मिल्ने व्यवस्था रहेको छ । गर्भपतन सुरक्षित स्वास्थ्य संस्था र मान्यता प्राप्त संस्था वाट गर्न सकिन्छ ।
उता गर्भपतन गर्न नमिल्ने अवस्था लिङग पहिचान गरेर,महिला लाई दबाबमा पारेर वा कुनै प्रलोभनमा पारेर रहेका छन् ।
सुरक्षित गर्भपतन सेवा सुचिकृत स्वास्थ्य संस्थाहरुमा निशुल्क पाईन्छ । महिलाको गोपनियता कायम राखि सुरक्षित गर्भपतन गरिन्छ ।
कार्यक्रममा डडेल्धुराका महिलाहरुले पहिलेको जसरि जडिबुट्टिको वा अन्य बिधि जस्तै काठ पाठेघरमा पसाउने,तार घुसाउने आदि मा भने धेरै कमी आएको छ । तर सुरक्षित गर्वपन सेवा लिनेको संख्या मान्यता प्राप्त सरकारि भन्दा पनि प्राईभेट अस्पताल वा तराईका जिल्ला र छिमेकी मुलुक भारतमा जाने को संख्या बढि रहेको अन्तर महिला संञ्जाका अध्यक्ष पार्वती देवि पनेरुले बताईन्।
कार्यक्रमको संञचालन र सुरक्षित गर्भपतन सम्बन्धि जानकारि सिडिएफ नेपाल का कार्यक्रम संयोजक समिता घिमिरेले गर्नु भएको थियो भने प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारि भवानी कुवरले गराएका थिए ।
यस्ता कार्यक्रम हरेक गाउमा महिला र पुरुषका बिचमा गराईनु पर्ने महिलाहरुको माग रहेको थियो । बिशेष गरेर मदिरा सेवन र छोरिको आसमा महिलाले गर्वपन गर्नुपर्ने बाध्यता रहेको सहभागिहरुको भनाई थियो ।
अन्तर पार्टि महिला संञजाल यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि कार्यायोजना तथा प्रतिबद्धाता समेत उपस्थित सबैले गरेका थिए । प्रतिबघताहरुमा टोलछिमेकमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारि दिने, बालबिबाह सम्बनिध जानकारि दिने ,चुनावी घोषण पत्रमा समावेस गर्ने र मिडिया कभरेज गर्ने रहेका थिए ।


















