२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

‘म त गए माथी, तिमी बाच है साथी’, डडेल्धुरामा गरियाे शव प्रदर्शनि

 दिपकराज भट्ट / डडेल्धुरा – सुदुर पहाडकाे केन्द्रमा रहेकाे डडेल्धुरा सदरमुकामको साघुँरो सडकका कारण दैनिकजसो त्यहाँ जाम लाग्ने गर्छ। जसका कारण स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ।

यतिसम्मकी साघुँरो सडकका कारण दुर्घटनाको जोखिम समेत रहेको छ। सडक विस्तारका लागि संघीय सरकारबाट ४४ करोडको बजेट विनियोजन भएको थियो।

सडक विस्तारका लागि टेण्डर समेत भइसकेको अवस्थामा बागबजारका केहि व्यापारीले क्षतिपूर्ति माग गर्दै सर्वोेच्च अदालतमा मुद्धा दायर गरेका थिए। जसका कारण अहिले सडक विस्तारको काम रोकिएको छ।

सोही विषयलाई लिएर बोलन्या थलीले सदरमुकामको बागबजारमा प्रदर्शन गरेको छ। सबै रचनात्मरुपमा प्रर्दशन गर्ने थलीले मंगलबार शव बनेर विकास निमार्णको कार्यमा अवरोध गर्नेका विरुद्ध प्रदर्शन गरेको संयोजक यादव जोशीले बताए। स्थानीयले धेरै समयदेखि सास्ती पाइरहेको भन्दै सडक बनाउन दवाव स्वरुप प्रदर्शन गरेको उनले बताए।

बजेट विनियोजन भइ टेण्डर प्रक्रियामा गइसकेका बेला व्यापारीले सर्वोच्चमा मुद्दा दायर गरेर निर्माण कार्य रोकेको भन्दै शव बनेर सडक बनाउन दवाव दिएको जाशीले बताए। बोलन्या थलीले – ‘कोरोनाले होइन, दुर्घटनाले मरिएको छ’, ‘म त गए माथी, तिमी बाच है साथी’, ‘सडक चौडा खै, म त स्वर्ग पुगे बरी लै’, ‘लगायतका नारा दिएर प्रदर्शन गरेको थियो।

स्मार्ट सिटीकोरुपमा विकास हुँदै गरेको अमरगढी नगरपालिकामा पर्ने उक्त सडक भएर सुदूरपश्चिम प्रदेशका ७ वटै पहाडी जिल्ला पुग्न सकिन्छ। तर सडक साघुँरो हुँदा सवारी चालक र स्थानीयले निकै सास्ती भोगिरहेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।