२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

अम्बानीलाई पछि पार्दै एसियाको धनी बन्नुभयो गौतम अडानी

मुम्बई । अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल हुनुभएको छ । उहाँले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हाँसिल गर्नुभएको हो ।
ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानीको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको छ । उता अम्बानीको नेटवर्थ भने ८७.९ अर्ब डलर रहेको छ । फोब्र्सको सूचीमा अडानी यसअघि नै अम्बानीभन्दा अघि रहिसक्नुभएको छ ।
ब्लुमबर्गले अडानीलाई संसारको धनीमध्ये १०औं नम्बरमा राखेको छ । उहाँले पहिलोपटक यो उपलब्धि हासिल गर्नुभएको हो । अब अम्बानी नम्बर ११ मा पुग्नुभएको छ । अम्बानीको नेटवर्थमा भने २.०७ अर्ब डलर गिरावट आएको छ ।
कमोडिटी बिजनेसबाट प्रवेश गर्नुभएको थियो अडानी
व्यवसायको दुनियाँमा गौतम अडानी कमोडिटी बिजनेसबाट प्रवेश गर्नुभएको थियो । अहिले उहाँको बिजनेस पोर्ट्स, माइन्स, ग्रीन एनर्जीसमेत थुप्रै क्षेत्रमा लगानी छ । उहाँका केही कम्पनीको सेयरमा पछिल्ला दुई वर्षमा ६०० प्रतिशत उछाल आएको थियो । पछिल्ला तीन वर्षमा भारतका सात विमानस्थलको परिचालन उहाँको हातमा परेको थियो । उहाँको समूह भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो विमानस्थल अपरेटर, पावर जेनेरेटर तथा सिटी ग्यास रिटेलर बनेको छ ।
२०२० को पूर्वाद्र्धदेखि अडानी ग्रिन तथा अडानी टोटल ग्यासको सेयरमा हजार प्रतिशतभन्दा बढी उछाल आएको थियो । यसै क्रममा अडानी इन्टरप्राइजेज लिमिटेडमा ७३० प्रतिशत, अडानी ट्रान्समिसनमा ५०० प्रतिशत र अडानी पोर्ट्समा ९५ प्रतिशतभन्दा अधिक वृद्धि भएको थियो । साथै, बेन्चमार्क बीएसई इन्डेक्समा ४० प्रतिशत वृद्धि भएको थियो । सोमबार अन्य कम्पनीका शेयरमा तीव्र गिरावट आउँदा पनि अडानी ग्रिन र अडानी टोटल ग्यासको शेयरमा भारी वृद्धि भएको थियो ।
उता, फेसबुक (अहिले मेटा प्लेटफम्र्स)का सीईओ मार्क जुकरबर्ग धनीको सूचीबाट तल ओर्लेर १३औं नम्बरमा खुम्चिनुभएको छ । सोमबार उहाँको नेटवर्थमा ४.३७ अर्ब डलर गिरावट आयो । अब उहाँको नेटवर्थ ८५.० अर्ब डलरमा खुम्चिन पुगेको छ ।
यो सूचीमा टेस्लाका सीईओ एलन मस्क २३५ अर्ब डलरसहित पहिलो नम्बरमै टिक्न सफल हुनुभएको छ । अमेजोनका जेफ बेजोस दोस्रो र फ्रान्सेली व्यवसायी बर्नार्ड आर्नोल्ट तेस्रो अनि माइक्रोसफ्टका बिल गेट्स चौथो नम्बरमा हुनुहुन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।