२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

जहाज आधी घण्टा आकाशमा होल्ड भएपछि यात्रु बेहोस

नेपालगञ्ज – काठमाडौँबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज खराब मौसमका कारण ३५ मिनेटमा आकाशमा होल्ड भएपछि जहाजकी एक यात्रु बेहोस भएकी छन् ।
बिहीबार बिहान ७ः४४ बजे काठमाडौँबाट आएको बुद्ध एयरको जहाज ८ः४४ मा नेपालगञ्ज विमानस्थलमा अवतरण हुुनु पर्नेमा पानी परेका कारण ३५ मिनेट आकाशमा होल्ड भएपछि काठमाडौँ निवासी जानुका थापा बेहोस भएकी हुन् । जहाज ९ः१९ बजे ल्याण्ड भएको थियो ।
मौसमका कारण जहाज केहीबेर आकाशमा होल्ड भएपछि महिला आत्तिएकाले समस्या आएको बुद्ध एयर, नेपालगञ्जका व्यवस्थापक विनित शाहले जानकारी दिए ।
शाहका अनुसार ती महिलालाई जहाज ल्याण्ड हुने वित्तिकै एम्बुलेन्समा राखेर राँझामा रहेको नेपाली सेनाको अस्पतालमा लगिएको छ । महिलाको अवस्थामा सामान्य रहेको शाहले जानकारी दिए ।
बिहान नेपालगञ्ज केहीबेर पानी परेको थियो । त्यहीबेलामा जहाज अवतरण हुन नसकेर आकाशमा होल्ड भएको जनाइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।