२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

अब बतासे झर्ना जान नपाईने,किन लगाईयाे राेक ?

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा पर्ने बतासे झर्ना लगायतका पर्यटकीय क्षेत्रहरुमा जान रोक लगाएको छ।

वडा कार्यालयले  सोमबार सूचना जारी गर्दै बतासे झर्ना, मणिका धाम, मणिका ताल, थारु संग्रहालय, सुनदेवी ताल लगायत सम्पूर्ण पर्यटकीय तथा धार्मिक पर्यटकीय क्षेत्रहरुमा प्रवेश गर्न पूर्ण रुपमा रोक लगाएको जनाएको छ।

जङ्गली हात्तीबाट हुन सक्ने सम्भावित मानवीय क्षति रोक्न र विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न अर्को सूचना प्रकाशित नभएसम्मका लागि रोक लगाइएको शुक्लाफाँटा नगरपालिका वडा नम्बर नम्बर ८ का वडा अध्यक्ष बहादुर सिंह महाराले बताए।

लकडाउन हटेसगै कञ्चनपुरको बतासे झर्ना लगायतका क्षेत्रहरुमा ठूलो भीड लाग्ने गरेको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।